कोभिड(१९ पान्डेमिक विरुद्ध लड्नका लागि सरकारले लकडाउन लगाएको छ । लकडाउन कार्यान्वयनका लागि सडकमा खटिएका छन् ट्राफिक प्रहरी । पर्याप्त सुरक्षाका साधनहरु( मास्क, पञ्जाको अभाव भए पनि उनीहरु सडकमा खटिइरहेका छन् । लकडाउन कार्यान्वयन गर्न सडकमा खटिएका ट्राफिक प्रहरीको अवस्था र उनीहरुको कामको बारेमा हलकारो समाचारले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दया कृष्ण भट्ट सँग कुरा गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले लकडाउनमा आफ्नो कर्मचारीलाई कसरी सुरक्षा प्रधान गरेको छ ?
जिल्ला ट्राफिकले प्रहरी कार्यालयले आफू मात्हतमा खटिने ट्राफिक प्रहरीहरुलाई दैनिक रुपमा सवारीसाधन चेकजाँच गर्ने क्रममा अनिवार्य रुपमा हातमा पन्जा, माक्र्स र सेनिटाइजर प्रयोग गर्न लगाएका छौँ सँगसँगै उनीहरुलाई उनीहरुलाई चेकजाँचको क्रममा सवारी चालक र सवारीसाधन नियन्त्रणमा लिन परेको अवस्थामा सतर्कता अपनाउन तथा मानिसहरुसँग कुरा गर्न पर्दा सामाजिक दुरि कायम गरेर कार्यमा खटिन लगाएको छौँ।
लकडाउनको अवधिमा चितवनमा दुर्घटना के कस्तो छ ? चैत ११ गतेबाट नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि चितवन जिल्लामा पछिलो समय आजको दिन सम्म ठूलो दुर्घटना भएको छैन । यो बिचमा दुर्घटनाका कारणले कुनै व्यक्तिलाई गुमाउन परेको छैन त्यसकारण दुर्घटना र मानिसको हताहतिको हिसाबले लकडाउन एउटा प्रभावकारी साथै दुर्घटना पनि यसकारणले न्यून देखिएको छ ।
सडकमा प्रहरीको उपस्थिति रहेको र नागरिक आ(आफ्नो घरमा भएकाले दुर्घटना न्यून भएको हो ?
लकडागनका कारणले सडकमा अतिआवश्यक सवारीसाधन बाहेक अरु साधनहरु गुडेको अवस्था छैन साथै आम सर्वसाधारणहरुको सडकमा हिडडुल निकै कम छ । सबै मानिसहरु सुरक्षित रुपले घरभित्र रहेको अवस्था छ त्यसकारणले गर्दा पनि दुर्घटना न्यून भएको हो । सँगसँगै सडकमा प्रहरीको उपस्थिति साबिकको समयमा भन्दा निकै बाक्लो रहेको छ । चोकचोकमा ट्राफिक प्रहरी र जनपथ प्रहरीहरुको संयुक्त चेकजाँच पनि चलेको कारणले गर्दा अति आवश्यक अनुमति लिएर चलेका सवारीसाधन मात्रै सडकमा गुडेका हुनाले र ती सबै सवारीसाधन ट्राफिक प्रहरीको निगरानी पुगेको कारणले दुर्घटना न्यून भएको हो ।

सडकमा सवारी रोक्ने, पास चेक गर्ने काम ट्राफिक र जनपद प्रहरीले गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरु सुरक्षित छन् त ? हामीसँग व्यक्तिगत सुरक्षाका पुर्वाधारहरु चाहिँ निकै कम रहेको छ । आवश्यक स्रोत साधनको नि अभाव छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग आफैमा कुनै किसिमको बजेट हुदैन । बजेट संचालन गर्ने निकायमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्दैन त्यसकारणले गर्दा पनि ट्राफिक प्रहरीलाई अतिआवश्यक दैनिक काममा खटिँदा प्रयोग गर्नु पर्ने अतिआवश्यक माक्स, सेनिटाईजर, पन्जाहरु लगायतका स्रोत साधनको अभाव छ। तथापी जिल्लामा क्रियाशील रहेका सामाजिक संघसंस्थाले सहयोग गरिरहेका छन्। अरुले गरेको सहयोग पर्याप्त छैन। आवश्यक यस्ता उपकरणहरु, स्रोत साधनको लागि माथिल्लो निकायसँग पनि लेखापडी गरेका छौँ ।
पासको दुरुपयोग गर्नेमाथि जिल्ला ट्राफिक प्रहरीले कस्तो कार्वाही गरेको छ ?
पासको दुरुपयोग गर्ने मानिसहरु पनि छन् । एउटा उद्देश्यको लागि पास लिगेर आर्को उद्देश्यको लागि प्रयोग भईरहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले त्यस्ता सवारीसाधनलाई त्यहि समयमा चेकपोस्टमा नै नियन्त्रणमा लिगेर लकडाउन अवधिभर कार्यालयको नियन्त्रणमा राखिने छ । लकडाउन खुले पछि मात्र दिने गरि सुरक्षित रुपमा हामीले नै राखेका छौं । पास बिना अनावश्यक रुपमा सडकमा हिडेका सवारीसाधनलाई दैनिक रुपमा २ सयको संख्यामा सवारीसाधनलाई नियन्त्रणमा लिएर कार्वाही गरि रहेका छौं ।
अन्त्यमा सोध्न छुटेको र भन्न चाहेको कुरा ?
अन्त्यमा विशेषगरी यो लकडाउन लम्बि रहेको अवस्थामा आम सर्वसाधारणहरुलाई नेपालमा यो कोरोनाको संक्रमण कम नै देखिएको छ । यो खुसीको कुरा हो। तर हामी सुरक्षित भने छैनौं । सुरक्षित छौं भन्दै सडकमा हिडडुल नगर्न आग्रह गर्दछु । यसले आगमी दिनमा सबैलाई थप संक्रमण निम्ताउन सक्छ। लकडाउन आमसर्वसाधरणको स्वास्थ्यको हितको लागि गरिएको हो भन्ने बुझ्न आवश्यक छ । त्यसलाई प्रभावकारी हिसाबले कार्यान्वयन गर्ने शिलशीलामा ट्राफिक प्रहरी, प्रहरीहरु सडकमा खटिएका छन् । त्यो आमसर्वसाधारणको सुरक्षाको लागि खटिएको भनेर बुझदिन अनुरोध गर्दछु । विश्व कोरोना भाइरससँग युद्ध जसरी लडिरहेको छ हामी पनि लडिरहेका छौं ।








