दोलखा । दोलखामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा १८ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ७ जनाको दोलखामै र ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटना गए राति साढे १० बजे भएको हो ।








