बुटवल । लुम्बिनी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि मंगलबार दिउँसो ४ बजे प्रदेशको नीति तथा कार्यक्रम सार्वाजनिक गर्ने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र असार १ गते प्रदेशसभाबाट बजेट ल्याउँने तयारी भएको उनले जानकारी दिए । प्रदेशका मुख्यमन्त्री अल्पमतमा रहेका बेला लुम्बिनी सरकारले बजेट तथा नीति संसदबाटै ल्याउँने तयारी गरेको हो ।








