चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको उप निर्देशकमा डा. कृष्णसागर शर्मा नियुक्त भएका छन् । मन्त्रीपरिषद्को निर्णय अनुसार उहाँलाई अस्पतालको उप–कार्यकारी निर्देशकमा शर्मालाई ४ वर्षका लागि नियुक्त गरिएको हो । विगत लामो समयदेखि वाल क्यान्सर रोग विशेषज्ञ कार्यरत शर्मालाई आज अस्पतालका कार्यकारी निर्देशक डा।देजकुमार गौतमले स्वागत गरेका थिए । प्रमुखका रुपमा अस्पतालमा मेडिकल अन्कोलोजी विभागका विभागिय प्रमुख कन्सल्टेन्ड समेत शर्मा रहेका शर्मा उप निर्देशकमा नियुक्त भएसगैँ अस्पतालले थप फड्को मार्ने कार्यकारी निर्देशक डा।देजकुमार गौतम बताउछन् । यस्तै उनी नेकपा निकट अखिल नेपाल प्रगतीशिल स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष समेत हुन् । भने अस्पतालको विभिन्न विभागीय पदमा रहि कुशल पूर्वक काम गरेको अनुभव पनि शर्मासगँ छ ।








