• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

सञ्चार माध्यम खोल्ने वाग्मती प्रदेश सरकारको निर्णय फिर्ता लिन पत्रकार महासंघको माग

  •   आइतबार, असार ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वाग्मती प्रदेश सरकारले आफै सञ्चारमाध्यम खोल्ने र निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमलाई बेवास्ता गर्नेगरी शुरु गरेको क्रियाकलापको विरोध गर्दै नेपाल पत्रकार महासंघ चितवनले ज्ञापनपत्र बुझाएको छ । महासंघले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेमार्फत वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

    निजी तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमको घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजलाई दबाउने मनसायले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुनेगरी आफैले सञ्चार माध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले बताउनुभयो ।

    अन्य प्रदेश सरकारले सञ्चार जगतको संरक्षण, प्रवद्र्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनमा समेत बजेट विनियोजन गरेको भन्दै अध्यक्ष अधिकारीले वाग्मती प्रदेश सरकारले भने आफैले सञ्चार माध्यम सञ्चालन गर्नेगरी १० करोड रुपैयाँ विनियोजन गरेको भन्दै यसले निजी तथा सामुदायिक सञ्चारगृह धराशायी हुने बताउनुभयो । जनताको सेवामा समर्पित हुनुपर्नेमा आफै सञ्चार गृह खोल्नतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेको अधिकारीले बताउनुभयो ।

    सञ्चार माध्यमको प्रवद्र्धन र सञ्चारकर्मीको हितमा बजेट ल्याउन माग गर्दै सञ्चार आफैले सञ्चार गृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । वाग्मती प्रदेश सरकारले उक्त निर्णय फिर्ता नलिएमा महासंघ आन्दोलनमा उत्रन बाध्य हुने बताइएको छ । देशभर दर्ता भएर सञ्चालनमा आएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममध्ये ६६ प्रतिशत सञ्चार माध्यम वाग्मती प्रदेशमा छ भने महासंघको कुल सदस्य संख्याको ४८ प्रतिशत सदस्य वाग्मती प्रदेशमै रहेका छन् ।

    ज्ञापनपत्र बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी लामिछानेले आफूले सो ज्ञापनपत्र तुरुन्तै मुख्यमन्त्री कार्यालयमा पठाउने बताउनुभयो । महासंघ चितवनका अध्यक्ष अधिकारीसहित उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव दीपेन्द्र अधिकारी, सहसचिव आनन्द पोखरेल र कोषाध्यक्ष राजेन्द्र आचार्यको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको हो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.