• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लकडाउनको कारण सञ्चार क्षेत्रको ढाड भाँचिएको छ : हरि कार्की “लक्की”

  •   बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पछिल्लो समय सूचना तथा प्रविधिको विकास संँगै सञ्चार माध्यमले पनि ठूलै फड्को मारेको छ । छापापत्रकारिता, रेडियो , टेलिभिजन संँगै आज पत्रकारिता अनलाईन मल्टिमिडिया डिजिटल प्रविधिसम्म फराकिलो हुन पुगेको छ । पछिल्लो दशकमा नेपालमा सबैभन्दा विकास र फड्को मारेको क्षेत्र हो सूचना र प्रविधि क्षेत्र । यो संगको गहिरो र प्रत्यक्ष नाता सञ्चार माध्यममा छ । यसले प्रतिस्पर्धा संगै यसको क्षेत्र र विज्ञापनको दायरा पनि फराकिलो बनाईदिएको छ । जसका कारण अधिकांश सञ्चारकर्मीको लागि व्यवसायिक र पेशागत सुरक्षा दिन सफल भईसकेको सर्वविदितै छ । तर केही महिना देखि विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण विश्व जगतलाई निकै ठूलो मानवीय क्षति पु-याएको छनै । त्यसमाथि झन त्रास सँगै आर्थिक क्षेत्रमा ठूलो पहिरो गएको छ । विश्व अर्थतन्त्र यसले तहसमहस पारिदिएको छ । यसले नेपालको अर्थतन्त्रलाई कहांँसम्म पु-याउने हो अनुमान गर्न सकिदैन । आर्थिक क्षेत्र ध्वस्त र ठप्प भईरहेको बेला यसको गम्भिर असर सञ्चार क्षेत्रमा समेत परेको छ । समग्र आर्थिक क्षेत्र भित्र नै सञ्चार क्षेत्र आश्रित छ । यतिबेला अधिकांश स्थानीय तथा राष्ट्रिय छापामाध्यमहरु पनि बन्द जस्तै अवस्थामा छन । विज्ञापनको भरमा चल्ने मिडियाहरु झण्डै २ महिनादेखि विज्ञापनको संकटमा रहेका छन । विगत १० बर्षदेखि चितवनमा रहेर छापापत्रकारिता, विज्ञापन एजेन्सी र इभेन्ट मेनेज्मेन्टमा दख्खल राख्दै आउनु भएका संचारउद्यमी हरि कार्की “लक्की” संग रहेर लकडाउनले सञ्चार क्षेत्रमा गरेको नोक्सानी र भविष्यमा पर्ने असरका बारेमा गरिएको कुराकानीको संपादित अंश ।

    कोरोना महामारी विश्वव्यापी रुपमा फैलिरहंँदा यसले सञ्चार क्षेत्रमा कस्तो असर परेको छ ?

    सदियौं बर्षपछि एक्कासी कोराना महामारीका कारण जारी लकडाउनको कारण विश्व अर्थतन्त्र नै ध्वस्त रहेको बेला नेपालको अर्थतन्त्र पनि अछुतो नरहने भन्ने कुरै छैन । बिशेषगरी सञ्चार माध्यम, मिडिया पनि एउटा उद्योगको रुपमा विकसित भईरहेको परिप्रेक्ष्यमा यसले संचार क्षेत्रमा गम्भिर असर परेको छ । एकातिर सञ्चार क्षेत्रलाई नियमित गर्नुपर्ने चुनौति छ भने अर्कोतिर विज्ञापन नहुँदा दोहोरो मारमा परेको छ । ठूला सञ्चार माध्यमलाई समेत अहिले नियमित कार्य चलाउन धौ धौ परिरहेको बेला साना सञ्चार माध्यमहरु अबको यही स्थिति रहने हो भने पलायन हुने अवस्था निश्चित छ ।

    आर्थिक क्षेत्र र सञ्चार माध्यमको अन्तरसम्बन्ध कस्तो हुन्छ ? तपाईले यसलाई कसरी लिईरहनु भएको छ ?

    विना लगानी आखिर कुनै व्यवसाय उद्योग चल्दैनन । त्यसैले सञ्चार माध्यम पनि एउटा सेवामुलक व्यवसाय हो । सरकारी मिडियाहरु त सरकारको बजेट र लगानीले चल्न सक्लान तर नीजि सञ्चार माध्यम चल्ने भने उद्योग , व्यवसायको विज्ञापनबाट नै चल्ने हो । सरकारले लोककल्याणकारी विज्ञापनको लागि बजेट छुटाए पनि त्यो प्रर्याप्त पनि छैन र सबैको पहुंँचमा पनि छैन । जसका कारण अहिले चलिरहेका उद्योग, व्यवसाय एवं विज्ञापनदाता पनि अन्यौलमा छन । लकडाउनको समय कति लम्बिने हो र यसको असर कहिलेसम्म पर्छ भन्ने अवस्था छैन । जबसम्म नेपालको आर्थिक क्षेत्र तंग्रिदैन तबसम्म सञ्चार क्षेत्र पनि थलिने निश्चित छ । त्यसैले आर्थिक क्षेत्र र सञ्चार माध्यमबीचको सम्बन्ध नङ र मासुको जस्तै हो ।

    लकडाउनका कारण अहिलेको सञ्चार माध्यमको कुन अवस्थामा छन ? यसलाई कसरी नियाल्नु भएको छ ?

    अहिलेका सबै सञ्चार माध्यहरु पर्ख र हेरको अवस्थामा छन । कहिले महामारी मत्थर होला र अवस्था सामान्य होला भन्ने पर्खाइमा छन । तर जति लकडाउन थपिदै गएको छ उति सञ्चार माध्यम थलिदै गएका छन । कतिपय सञ्चार माध्यमले घरभाडा बुझाउन सकेका छैनन, विज्ञापनमा दिनहुंँ कटौती भईरहेको छ । नयांँ विज्ञापन आउने कुनै आधार र आशा छैन । सञ्चारकर्मीको तलब रोकिएको छ । यो दयनीय अवस्था हो । यस्तो अवस्था सञ्चार माध्यमले शशस्त्र द्धन्द्ध र भुकम्पका बेलापनि बेहोरेका थिएनन। जसका कारण यसले गर्दा विज्ञापन एजेन्सी, सञ्चार माध्यम र संचारकर्मी सबैलाई उठ्न नसकिने गरी थला पारेको छ । सञ्चार माध्यम धराशायी बन्ने अवस्थामा पुगेको छ ।

    तपाईको बिचारमा लकडाउनलाई कसरी व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ ? र यसले कतिसम्म असर पार्न सक्छ ?

    नेपाल एउटा विकासोन्मुख देश र संगै गरिब मलुकको दर्जामा पर्छ । यसको आफ्नो आन्तरिक श्रोत खासै छैन । नेपालको अर्थतन्त्र रेमिट्यान्सको भरमा अडिएको छ । निर्यात बढ्न गई व्यापार घाटा बढ्दो छ । आशाको रुपमा रहेको पर्यटन क्षेत्रपनि धराशायी र ध्वस्त छ । केही निमार्णाधिन रुपमा रहेको जलविद्युतका श्रोतहरु पनि पुरा हुन सकेका छैन । विश्वमै बेरोजगारी दिनानुदिन बढिरहेका बेला झण्डै देश बाहिर रहेका ८० लाख नेपालीको रोजी रोटी पनि संकट पर्ने देखिन्छ । उनीहरुले अब केही समय रेमिट्यान्स पनि पठाउन सक्दैनन । त्यहाँ रहेका अधिकांश कामदार पनि करीब १५ लाख भन्दा बढी नेपाल फर्कनुपर्ने तरखरमा छन । यस्तो बेला सरकारलाई दोहोरो भार र मार पर्ने देखिन्छ । उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न तत्काल सम्भव छैन । लगानी गर्ने कुनै क्षेत्र संभव छैन विकल्पको रुपमा रहेको कृषि क्षेत्र हो तर यसमा पनि सरकारको कुनै अल्पकालिन मध्यकालिन र दीर्घकालिन योजना नभएको कारण यसको असर बर्षौंसम्म पर्ने देखेको छु ।

    अब सञ्चार माध्यमको भविष्य कस्तो देख्नु भएको छ ?

    सञ्चार माध्यम एउटा जनतालाई सुसुचित गर्ने भरपर्दो माध्यम त हो । तर सूचना प्रविधि र इन्टरनेट स्मार्ट डिभाइसका कारण सबै पाठक, दर्शकले अनलाईन माध्यम र अनलाईन टेलिभिजन र सोसयल मिडियालाई रुचाएको र स्वीकारेको अवस्था हो । तर पछिल्लो समय यसको अस्वस्थ प्रतिस्पर्धा र मिडिया पनि व्यवसायिक नबन्दा निष्पक्ष, तटस्थ, समाचार संप्रेषण गर्ने संचारमाध्यम चेपुवामा परेका छन । अर्को कुरा मानिसको जीवनशैलीमा पनि व्यापक परिवर्तन आएको छ । शहर केन्द्रीत पाठक , दर्शक अनलाईन मिडिया र अनलाइन टिभीमा आकर्षण हुनु र छापामाध्यम र रेडियो प्रतिको क्रेज घट्नुका कारण यसका पाठक दर्शकको संख्यामा कमी आएको छ । जसले गर्दा विज्ञापनको बजार साघुरिदै जानु र सञ्चार माध्यमको संख्या बढ्दै जानुले यसको सन्तुलन हुन सकेको छैन । छापामाध्यम र रेडियोको पहुंच गाउंका दुरदराजमा सजिलै पुग्न नसक्नु र पाठक, श्रोता र दर्शकले आफूले चाहेजस्तो कन्टेन्ट नदिदा विकल्पको रुपमा अनलाईन समाचार , भिडियो , सामाजिक संजाललाई लिएका हुन । त्यसैले अनलाईन मिडिया, च्यालनको भविष्य राम्रै देखिए पनि छापापत्रकारिता, रेडियो र टेलिभिजनको भविष्य संकटमा पर्दै गएको छ ।

    सञ्चार माध्यमलाई जोगाउन र यसको व्यवस्थापन गर्न के गर्नुपर्ला जस्तो लाग्छ ?

    सबैभन्दा पहिला त सञ्चार माध्यमलाई जोगाउन राज्यले अलग्गै नीति ल्याउनुपर्दछ । ताकि अहिलेको परिवेषलाई नियाल्ने हो भने पनि विज्ञापन नीति नत व्यवहारिक छ न त समावेशी छ । मुलधार र ठूला मिडियाको विज्ञापनमा एकछत्र राज छ । जसका कारण मोफसलका मिडियाहरु मारमा परेका छन । यसलाई जोगाउन तथा व्यवसथापन गर्न विज्ञापनलाई समानुपातिक ढंगले वितरण गर्नुपर्छ । अर्को कुरा विज्ञापनको बजार र सञ्चार क्षेत्रको आवश्यकता र मागलाई अध्ययन गर्नु जरुरी छ । अहिले संख्यात्मक रुपमा प्रतिष्पर्धा र छ तर सञ्चार माध्यमको गुणस्तर खस्किरहेको छ । बिशेषगरी अनलाईन माध्यमका भ्रामक समाचारले आम यसको दर्शक, पाठक ,श्रोता पीडित छन । यसलाई सही व्यवस्थापन गर्न राज्यले यसको स्तर निर्धारण गर्ने, सबै मिडियालाई दर्ताको दायरामा ल्याउने र असंख्य खुलिरहेका मिडियालाई नियन्त्रण, नियमन गर्ने संयन्त्र तयार पार्नुपर्ने देखिन्छ । असंख्य रुपमा खुल्दै जाने मिडियाले नत सञ्चार माध्यमलाई नत जनतालाई नत समाज अनि राष्ट्रलाई नै फाइदा पुग्छ । त्यसैले अवको बाटो भनेको व्यवसायिक पत्रकारिता तर्फ आम सरोकारवाला केन्द्रीत हुनु जरुरी छ ।

    क्यानडामा ‘ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
    संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
    कोपमा उपस्थित सबैले आफ्नो भूमिका प्रभावकारी र सशक्त रुपमा निर्वाह गरिरहनुभएको छ : सचिव डा खराल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.