रूपन्देही । बुटवलको ट्राफिकचोकमा बुधबार साँझ एमाले युवा संघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेपपछि गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध प्रदर्शनकारीले नाराबाजी गर्दै राजीनामा मागेका छन् ।
गृहमन्त्रीको गृहजिल्लामा उनको राजीनामा माग गर्दै पर्दशन गरिएको छ । पुस्पलालचोकबाट अगाडि बढेको मसाल जुलुसमा प्रहरीले ठाउँ-ठाउँमा हस्तक्षेप गरेको थियो ।
प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको छ । दुई प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरि छाडेको छ ।









