• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

डा भक्तमान श्रेष्ठ अपहरण प्रकरणः बाह्रवर्ष पुग्दा पनि मुख्य अभियुक्त भेटिएनन

  •   मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भनिन्छ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ । तर देशभर चर्चामा रहेको डा भक्तमान श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त १२ वर्ष पुग्दा पनि पक्राउ पर्न सकेका छैनन् । अपहरण काण्डका मुख्य अभियुक्त भीमसेन पण्डित अझैसम्म पक्राउ पर्न नसकेका हुन् । सोही अभियोगमा पक्राउ परेका नुवाकोटका बद्रीप्रसाद ढुङ्गाना, महाराजगञ्जका सुनिल श्रेष्ठ, भारतको दार्जिलिङका नवीन क्षेत्री, कानपुरका रोहित पालिवाल अग्रवाल र काठमाडौँका सुब्बा तामाङ पक्राउ परेपनि मुख्य अभियुक्त पण्डित फरारनै छन् ।

    नुवाकोट घर भएका पण्डित भारतमा लुकिछिपी बसेको प्रहरीले जनाउदै आएको श्रेष्ठ बताउनुहुन्छ । विसं २०६७ जेठ ४ गते राति १० बजे बिरामी उपचार गरेर घर फर्किने क्रममा भरतपुरको हाकिमचोकबाट श्रेष्ठलाई अपहरण गरिएको थियो । अपहरणको १९ दिनपछि तीन किलो ६०० ग्राम सुन भारतको कानपुरमा बुझाएपछि उहाँ अपहरणमुक्त हुनुभएको थियो । श्रेष्ठ भन्नुहुन्छ, “अहिलेसम्म पनि मुख्य अभियुक्त पक्राउ हुन नसक्दा त्रास बढेको छ ।”

    तत्कालीन समयमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक श्रेष्ठलाई सो अस्पतालको वार्षिक बजेट रु २८ करोड हाराहारी फिरौती रकम माग गरेकोमा पछि तीन किलो ६०० ग्राम सुन दिने सहमति भएको थियो । फरार रहेका पण्डित र पालिवाललाई जिल्ला अदालत चितवनले अपहरणमा फिरौतीबापत लिइएको रु एक करोड आठ लाख ५० हजार बिगो र बिगो बराबरको जरिवाना एवं १५ वर्ष कैद सजाय सुनाएको थियो । डा श्रेष्ठको अपहरणमा संलग्न ठहर भएका मुख्य अभियुक्त भारतीय नागरिक रोहित पालिवाल र भीमसेन पण्डितलाई जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दा अन्तर्गत १३ वर्ष कैद र सङ्गठित अपराध भएकोले थप दुई वर्षसहित १५ वर्ष कैद सजाय फैसला गरेको हो ।

    त्यसैगरी नवीन क्षेत्री, बद्रीप्रसाद ढुङ्गाना, सुनिल श्रेष्ठ र योञ्जन तामाङलाई अपहरण तथा शरीर बन्धक मुद्दा अन्तर्गत ११ वर्ष कैद र सङ्गठित अपराध गरेकोले थप दुई वर्ष कैद गरी १३ वर्ष कैद सजायको फैसला भएको थियो । अपहरणमा संलग्न भनिएका राजेन्द्र पण्डित र गौतम योञ्जनले भने सफाइ पाएका थिए । जरिवानासहित कैद सजाय तोकिएका छ जनाले जनही रु एक लाख जरिवाना पनि तिर्नुपर्ने फैसला जिल्ला अदालत चितवनले गरेको थियो ।

    उच्च अदालत पाटनको हेटौँडा इजलासले २०७५ माघ २१ गते जिल्ला अदालतबाट सफाइ पाएका गौतम योञ्जनलाई नौ वर्ष जेल र ५० हजार जरिवानाको फैसला गरेको थियो । योञ्जन विसं २०७६ पुसमा पक्राउ परेका छन् । डा श्रेष्ठले पक्राउ परेका छुट्ने समय आइसक्दासमेत मुख्य अभियुक्त पक्राउ नपर्दा आफूलाई त्रास कायमै रहेको बताउनुभयो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले पण्डित अझै पक्राउ पर्न नसकेको बताउनुभयो ।

    निजलाई रेड कर्नर नोटिस जारी गरेर खोजीकार्य भइरहेको उहाँको भनाइ छ ।रासस

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.