गैँडाकोट । गैँडाकोटको भेडावारी जंगलमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । गैँडाकोट नगरपालिका वडा नं. १० को २३ स्मृतिपुलको डाईभर्सन बाढीले बगाएपछि माटो गिटि राखेर भएपनि सञ्चालनमा ल्याईएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
गएराति देखि ह्युुमपाईप राखेर सडक सञ्चालनको प्रयास गरिएकोे प्रहरीले जनाएको छ । एकतर्फी डाईभर्सन खुलेपनि जामका कारण एक एक गरेर सवारीलाई पार गराईएको प्रहरीले बताएको छ । बिहिवार राति ९ वजेदेखि अवरुद्ध भएको सडक सञ्चालनमा नआउँदा सयौ यात्रुुहरुले सास्ती व्यहोर्नु परेको छ ।
हिलो माटोमा गाडिहरु फसेपछि यातायात सञ्चालनमा कठिनाई भैहरेको हो । यसअघि पनि सोहि स्थानको डाईभर्सन बाढीले बगाएपछि लामो समयसम्म यात्रुहरुले सास्ती व्यहोरेका थिए ।








