• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

पुलको ग्याबिन वगाउँदा स्थानियलाई दुःख

  •   शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिकामा पर्ने कयर खोलाको पुल र सडक जोड्ने ग्याबिन वगाए पछि स्थानियले दुःख पाएका छन् । पुल सम्पन्न हुनै लाग्दा त्यसकै साहारामा आवतजावत गर्दै आएका उनीहरुले ग्याविन वगाए संगै दुःख पाएका हुन । वर्षातको समय होस वा अन्य समय सडक सञ्जाल जोड्ने पुलको ग्याबिन खोलाले वगाए पछि त्यहाँका स्थानिय सदरमुकाम आउनलाई समेत खोला तर्नु पर्ने बाध्यता रहेको छ । तीन दोभानबाट उर्लिदै आएको कयर खोलाले गत असार १७ गते पुलको ग्याबिन भत्काएको हो ।

    स्थानिय कालिका नगरपालिका वडा नम्बर १० का बम वहादुर चेपाङले पुलको ग्याविनको मर्मत नहुँदा दुःख पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “पुल मर्मत नहुँदा गाउँमा कोही पनि विरामी नपरेहुन्थ्यो भन्ने लाग्छ । त्यतिमात्रै होइन शहरमा जानुपर्ने काम नै नपरे हुन्थ्यो भन्ने हुन्छ । तर के गर्ने जानै प¥यो ।” विरामी भए वा बजारमा काम परेर जानुपरे ज्यानै जोखिममा राखेर जानु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । ग्याविन भत्कीदाँ गाउँमा यातायात सम्पर्क बिच्छेद वनेको छ ।

    भत्किएको ग्याबिन आज सम्म पनि मर्मत नहुँदा सहज आवतजावत गराउन स्थानिय तहले खासै चासो नदिएको उनीहरुले आरोप लगाएका छन् । कालिका नगरपालिका वडा नम्बर ११ का दिनेश प्रजा ग्याबिन मर्मत नहुँदा खोला तर्ने क्रममा ज्यानै जाने हो कि भन्ने डर लाग्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “ग्याविन मर्मतका लागि कसैले चासो दिएका छैनन् ।” साबिक सिद्धि गाउँबिकास समितिका अध्यक्ष कृष्ण वहादुर प्रजाले स्थानिय सरकारले यहाँका जनताको पिडा बुझ्न नसकेको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो “वाढिले बगाएको भागमा जतिसक्दो चाँडो मर्मत गरिनु पर्छ । यहाँका जनताको माग सुनुवाई हुनु पर्छ ।” वि. सं. २०६९ सालको साउनमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सिद्धी जान आउँदा वाढिका कारण ट्याक्टरबाट तर्नु परेको थियो । सो बाध्यता पछि निर्माण गरिएको पुलको ग्याबिन भत्किदा समस्या भएको चेपाङ समुदायका अभियान्ता केपी किरण शर्माले बताउनुभयो । उहाँले भन्नुभयो “पुलमा जाने वाटोनै वगायो अब कसरी आवतजावत गर्ने ।”

    डाइनामिक कन्स्ट्रक्सन प्रालि भरतपुरले निर्माणको जिम्मा लिएको पक्की पुल ३५ मिटर लम्वाई र ८ दशमलव ४ मिटर चौडाईको छ । रु ३ करोड ७० लाख २५ हजारको लागतमा बन्दै गरेको पुल निर्माणको काम अन्तिम चरणमा छ । वि. सं. २०७७ असार ३० गते सम्झौता भई वि. सं. २०७८ साल पौष २९ गते सक्ने लक्ष्य रहेको छ । पुल निर्माणको काम ९० प्रतिशत सम्पन्न भई सकेको समयमा खोलाले पुल संग जोड्ने ग्याविन वगाएको हो ।

    कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार ठेकेदार कम्पिनिले बिमाको क्षेती दावीका लागि समय लागेकाले निर्माणको काम रोकिएको बताउनुभयो । बिमा कम्पनीले स्थलगत अनुगमन गरिसकेकाले अब केही दिनमानै निर्माणका काम सुरु हुने उहाँको भनाई छ । पुल नबन्दा सास्ति पाएका स्थानियले पुल बनेर हिड्न मिल्ने हुँदा समेत जोखिम मोल्नुपर्ने बाध्यता छ । यसबाट कालिका नगरपालिका वडा नम्बर १० र ११ का बासिन्दा प्रभावित भएका छन् । रासस

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.