चितवन । पृथ्वी राजमार्ग अन्तर्गत घोप्टभीरमा पहिरो जांँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । ईच्छाकामना गाउंँपालिका वडा नम्बर ५ स्थित नाग्दीखोला स्थित घोप्टे भीरमा आज बिहान पहिरो जांँदा सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो स्थानमा बिहान पौने ३ बजे पहिरो खसेको हो । राती परेको अबिरल बर्षाका कारण पहिरो खसेको र हाल पञ्छाउन शुरु गरिएको र खुल्न केही बेर लाग्ने कार्यालयका प्रमुख भगवानराज थापाले जानकारी दिनुभयो ।
पहिरो गएको स्थान मुग्लिन बजारबाट करीब २ किलोमिटर काठमाडौं तर्फ पर्दछ ।








