सुर्खेत । डोल्पामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि भएको छ । जेठ २० गते मृत्यु भएका जगदुल्ला गाँउपालिका(३ का ५८ वर्षीय पुरुषको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी पुष्टि गरे । उनि जेठ १८ गते नेपालगञ्ज–सुर्खेत–जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा उनलाई गाउँपालिकाले आरडिटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम होम आइसोलेसनमा बस्न भन्दै घर पठाइएको थियो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।








