• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अमृत बने कांग्रेसका कान्छो पालिका सभापति

  •   सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्वाचित कांग्रेस सभापति अमृत गिरी जिल्लाकै कान्छो सभापति बनेका छन् । सोमबार सम्पन्न गाउँपालिका अधिवेशनबाट ३२ वर्षीय गिरी कांग्रेसको गाउँपालिका सभापतिमा चयन भएका हुन् । गाउँपालिका सभापतिका प्रत्यासी डम्बर खड्काले उम्मेदवारी फिर्ता लिएपछि गिरी पालिका सभापतिमा निर्विरोध चयन भएका हुन् ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिका- ५ सछितापोखरीमा २४ वैशाख २०४६ मा जन्मिएका गिरीले आफ्नो कार्यकालमा गाउँपालिकामा पार्टीलाई पहिलो बनाउने प्रतिक्रिया दिएका छन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएका थिए । संस्थागत रूपमा संगठन विस्तार, पार्टीभित्र एकता, पार्टी संगठनको नेतृत्व विकासमा जोड दिने गिरीले बताए ।

    ‘संस्थागत रूपमा संगठन विस्तार गरिन्छ, पार्टीलाई एक ढिक्का बनाएर राखिन्छ’, गिरीले भने, ‘पार्टी संगठनभित्र नेतृत्व विकास र प्रशिक्षणलाई जोड दिइन्छ । आमनिर्वाचनमा पार्टीलाई विजय गराउने गरी काम गरिन्छ ।’

    सरस्वती मावि डाँडाखर्क सछितापोखरीमा कक्षा १० मा अध्ययन गरिरहेका बेला अनेरास्ववियुको इकाई कमिटी अध्यक्षबाट राजनीतिमा प्रवेश गरेका गिरीले २०६४ सालदेखि कांग्रेसको राजनीति सुरु गरेका हुन् । उनले २०६५ सालमा नेविसंघका तर्फबाट सिमपानी क्याम्पसको स्ववियु कोषाध्यक्ष, २०६८ सालमा नेविसंघको सिमपानी क्याम्पस इकाई समिति सभापतिलगायतका भूमिका निर्वाह गरिसकेका छन् ।

    ३३ वर्षीय विष्ट जन्तेढुंगा सभापति

    जन्तेढुंगा गाउँपालिकामा ३३ वर्षीय युवा बाजिन्द्र बिष्ट नेपाली कांग्रेसको गाउँपालिका सभापति चुनिएका छन् । शनिबारको गाउँपालिका अधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट बिष्ट सभापतिको पद सम्हाल्न पुगेका हुन् ।

    जनआन्दोलन २०६२/०६३ का बेला काठमाडौंमा चार तारे झण्डामुनि बसेर गणतन्त्रका पक्षमा नारा चर्काउँदाचर्काउँदै बिष्टले राजीनितीको बाटो समाएका हुन् । २०६२ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचल काठमाडौंको नेविसंघ इकाई समिति सदस्यबाट औपचारिक राजनीति सुरु गरेका बिष्ट गाउँ फर्किएर पार्टीको पालिका सभापतिको जिम्मेवारीमा पुगेका हुन् । विष्ट हालसम्म पार्टीका गाउँपालिकाका उपसभापति थिए ।

    १९ भदौ २०४५ मा जन्मिएका बिष्टसँग नेविसंघको खोटाङ-काठमाडौं सम्पर्क समितिका सभापति, कांग्रेस खोटाङ-काठमाडौं सम्पर्क समितिका सचिव, सामाजिक संस्था खोटाङ सेवा समाज काठमाडौंको सचिवको भूमिका निर्वाह गरेको अनुभव छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.