चितवन । चितवनका अग्रज साहित्यकार इन्द्रप्रसाद रेग्मीका दुई कृतिहरु स्वाहा र जाइफल को शनिबार विमोचन गरिएको छ । कवि तथा प्राध्यापक घनश्याम शर्मा पौडेलले शनिबार रेग्मीका दुई कृतिलाई विमोचन गर्नुभएको हा ।
कृति विमोचन गर्दै पौडेलले राजनीति र समाजमा देखिएका विकृति र विसंगतिमाथि रेग्मीले टाउकोमा नै प्रहार गरेको विचार राख्नुभयो ।
रेग्मीको जाइफल मुक्तक संग्रह र स्वाहा व्यङग््य निवन्धस्रहमाथि भवनाथ सडौला, एकनारायण पौडेल, सरिता तिवारी, एलबी क्षेत्रीलगायतले शल्यक्रिया गर्नुभएको थियो । सबै विधामा कलम चलाउने तर आफूलाई निबन्धकार भन्न रुचाउने रेग्मी समाजमा देखिएका विकृतिका विरुद्ध कलम चलाउने गर्छन् ।
उहाले गत वर्ष मात्र कविडाँडा साहित्य समाजको देवखीना साहित्य सम्मान तथा पुरस्कार, शहिद सारदा स्मृत्ति पुरस्कार र साहित्य संगम चितवनको मदनमोहन जोशी पुरस्कार प्राप्त गरेका छन् । उहा त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त कर्मचारी हुन् । साहित्य संगमका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको दुई कृतिको विमोचन तथा कृतिमाथिको शल्यक्रिया कार्यक्रममा लेखकका नाती रञ्जन रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो ।








