• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

चितवनमा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना लागु

  •   मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चाडपर्वमा हुनसक्ने सम्भावित अप्रिय घटना तथा दुर्घटनाको न्यूनिकरण गर्न शान्तिपूर्णरुपमा मनाउने वातावरण सिर्जना गर्न चितवन प्रहरीले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना’ लागू गरेको छ । चितवन प्रहरीले दसैँ, तिहार र छठ पर्वसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जिल्लामा कुनै घटना तथा दुर्घटना भएमा तत्काल उद्धार गर्नका लाग क्विक रेस्पोन्स टिम (क्यूआरटी) सहितको सुरक्षा योजना निर्माण भएको जानकारी दिए । यसका लागि गाडी र मोटरसाइकलमा गरी २७ वटा क्युआरटी तयार पारिएको जानकारी दिए । भरतपुरमा मात्रै ९ वटा क्युआरटी रहने छन ।

    जिल्लामा नियमित बाहेक ट्राफिक प्रहरी सहितको १२ वटा स्थानमा संयुक्त चेकिङ गरिने थापाले बताए । बढी भिडभाड हुने ठाउँ तथा अपराधिक घटनाहरु हुनसक्ने ठाउँमा संयुक्त चेकिङ गरिने थापाको भनाई छ । त्यस्तै जिल्लाका चार स्थानका सीमा नाका (पुलचोक, लोथर, माडी र मुग्लिन)मा चेक प्वाइन्ट निर्माण गरिने थापाले जानकारी दिए । विशेष सुरक्षा योजनामा चार पाङ्ग्रे सवारीसाधन सहित जिल्लामा ११ वटा मोबाइल गस्ती टोली तयारी रहने बताईएको छ ।

    यसैगरी ३० स्थानमा पैदल गस्ती र पिकेट ड्युटीको टोली परिचालन गरिने थापाले बताए । जिल्लामा पिकेट ड्युटी टोली, धार्मिक र पर्यटकीय स्थलको सुरक्षा, बैंक तथा वित्तीय संस्था र आर्थिक कारोबार बढी हुने स्थानमा सादा पोसाकका प्रहरी, पैदल गस्तीका प्रहरी र मोबाइल क्युआरटी सहितको प्रहरी टोली परिचालन गरिने उनले बताए । जिल्लामा सादा पोसाकमा परिचालन गरिएका प्रहरीले संवेदनशील क्षेत्रको निरन्तर निगरानी र त्यहाँको वस्तुस्थितिबारे दिनहुंँ सूचना संकलन तथा रिपोर्टिङ हुने थापाको भनाइ छ ।

    त्यस्तै राजमार्गमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनमा सुरक्षाको प्रबन्ध मिलाउँदै आवश्यकताअनुसार हतियारसहितको सुरक्षाकर्मी समेत परिचालन गरिने छ । लामो दूरीका सवारीसाधनमा दुई वटा चालक भए नभएको तथा सम्भावित लुटपाटको घटना नियन्त्रणका लागि हतियारसहितका प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ । चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार जिल्लामा ७३७ जना जनशक्ति परिचालन हुने थापाको भनाइ छ । त्यसैगरी, जिल्लाका विभिन्न तीन स्थानमा यात्रु सहायता कक्ष निर्माण गरिएको छ ।

    नारायणगढको पुलचोक, पोखरा बसपार्क र केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि रहने बताइएको छ । यात्रु सहायता कक्षबाट यात्रुहरुको पिरमर्काको समाधान तथा यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन सहजिकरण गरिने थापाले बताए । यात्रु ठग्ने र बढी भाडा लिने सवारीसाधनलाई तत्काल कारबाही गर्नेगरी चितवनमा कार्यदल बनेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.