काठमाडौं । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्यविद्दान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेशका स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। आज कोरोना पुष्टि हुनेहरुमा सल्यानका १३, सुर्खेतका ५ जुम्लाका २ जना रहेका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्केका छन्।








