गैंडाकोट । विभिन्न पार्टी परित्याग गरी ८९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति नवलपुरको पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा एमाले र माओवादी केन्द्रका ८९ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
स्थानीय युवा शिव अधिकारीको नेतृत्वमा पार्टी प्रवेश गरेका ८९ जनालाई नेपाली कांग्रेस तरुण दल केन्द्रीय सदस्य अमृत भट्टचनले टिका र खादा लगाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भट्टचनले हरेक कार्यकर्ताको सुखमा मात्र नभई दुःखमा पनि आफू सदैव उपस्थित रहने र संगठन बिस्तारको काममा पनि अहोरात्र खट्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस वडा नं. १ का ठाकुरप्रसाद सापकोटा, वडा नं. १ पूर्वसभापति शिवकान्त काफ्ले, वडा नं. ५ का लक्ष्मण कार्की, तरुण दल गण्डकी प्रदेशका सहसचिव किसान गुरुङ, तरुण नगर सभापति हरेराम सापकोटा एवम् जनप्रतिनिधि प्रकाश सापकोटा लगायत शुभकामना मन्तव्य दिएका थिए । तरुण दलका जिल्ला सचिव गोपाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संचालन गैंडाकोट नगर सदस्य कमल कंडेल गरेका थिए ।








