• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

अहिले पनि कटुवालकै भरमा सूचना

  •   शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो । यहाँका स्थानीय दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्नुहुन्छ, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् । गुरुङले डाँडाबाट आफ्ना गाउँमा हुन लागेको कार्यक्रमबारेको नयाँ सूचना वा खबर सुनाउनुहुन्छ ।

    उहाँ गाउँलेलाई सूचना दिने मान्छेअर्थात् कटुवाल हुनुहुन्छ । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दालाई सामूहिकरुपमा सूचना (खबर) गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको प्रथा कायमै रहेकाले यस प्रथाको महत्व रहँदै आएको छ । घाम्राङ गाउँमा हुने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाहलगायतका शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने, गाईभैँसी लेकमा लैजाने बेँसीमा राख्नेलगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङले बताउनुभयो ।

    गुरुङले भन्नुभयो, “गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति नै गाउँको कटुवाल हो ।” वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको उहाँको भनाइ छ । गुरुङले गत मङ्सिर महिनाबाट यस गाउँमा सूचना दिने काम अर्थात् कटुवालको काम गर्दै आउनुभएको छ । वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र यसलाई निरन्तरता दिनका लागि आफू पनि कटुवाल बनेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस गाउँमा मात्र नभई घाम्राङगाउँ आसपासका घिचे, घाम्राङबेँसी, साल्मेलगायतका गाउँमा समेत कटुवाल कराएरै खबर पु¥याउने गरेको छु ।” गाउँमा जे जस्तो खबर गर्नुपरे पनि ती गाउँमा आफैँ खटिँदै आएको उहाँले भन्नुभयो ।

    ती गाउँमा सूचना दिनका लागि गाउँका चौतारोदेखि अग्लो डाँडा तथा थुक्कोमा बसेर उर्दी गरेपछि गाउँलेले थाहा पाउने गरेको उहाँले सुनाउनुभयो । यसरी नै कटुवाल कराएर गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी हुँदै आएको छ । कटुवाल कराएबापत उहाँले गाउँलेबाट सामूहिकरुपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो पाउँनुहुन्छ । बर्सेनि गाउँमा सभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै परिवार धान्ने गरिन्छ ।

    कटुवालको जिम्मेवारीमा आउने अन्न, आफूले उब्जाउने अन्न र मेलापात गरेर आउने नगद आम्दानीले आफ्नो जीवन र परिवारको गुजारा चल्छ । वडाध्यक्ष गुरुङका अनुसार यहाँ प्रत्येक मङ्सिर महिनामा कटुवाल चुन्ने गरिन्छ । गाउँमा प्रायःजसो सबैको हातहातमा मोबाइल सेट र इन्टरनेट छ, यसैको माध्यमबाट संसारको खबर प्राप्त गर्ने गरे पनि गाउँका खबर भने कटुवालमार्फत थाहा पाउँदै आएको स्थानीय गमप्रसाद गुरुङले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यहाँ परम्पराको चलन कायम रहेकाले यसलाई बचाउनका लागि पनि कटुवालको महत्व तथा संरक्षण आवश्यक रहेको छ ।” यी गाउँबाहेक पनि जिल्लाका कतिपय गाउँमा अझै पनि कटुवाल प्रथा कायमै रहेको बताइएको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.