• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बसपार्कमा अलपत्र यात्रु, घर पुग्न सास्ती

  •   बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दाङ । दाङबाट तिहारका लागि पहाडी जिल्लाहरूमा जाने यात्रुहरूलाई सास्ती हुन थालेको छ । तिहार सुरु भएसँगै तिहार मनाउन गाउँ जानेहरूले बसपार्कमा सास्ती पाउन सुरु भएको हो । पहाडी जिल्ला सल्यान, रुकुम, जाजरकोट, रोल्पा, प्युठान जाने यात्रुहरू बसपार्कमा अलपत्र परेका छन् । सहज रूपमा बसको टिकट नपाउँदा र सीमित मात्र बसहरू पहाडी जिल्लामा जाने भएकाले यात्रुहरूले पर्वको समयमा सास्ती बढेको हो । तिहार घर जानेहरूको अहिले बसपार्कमा घुइँचो बढन थालेको छ ।

    तिहारको पहिलो दोस्रो दिन दाङबाट बाहिर जानेहरूको सख्या अत्यधिक रूपमा बढेको छ । दैनिक आठरदशवटा बस सञ्चालन हुने सल्यान रुकुम, रोल्पाका सडकमा अहिले ५०/६० वटा बसहरू नियमित रूपमा सञ्चालन हुँदा पनि सहज रूपमा यात्रुहरूले यात्रा गर्न नपाएको गुनासो गरेका छन् । दाङको तुलसीपुर बसपार्कका अहिले जिल्ला छोड्नेहरूको भिड छ । दैनिक हजारौँको सख्यामा मानिसहरूले जिल्ला छोड्ने गरेको यातायाता व्यवसायीहरूले बताउँछन् ।

    याुत्रहरूको चाप अत्यधिक छ, यातायता कर्मचारी दीपक खडकाले भने, ुहामीले टिकट दिनै नसक्ने अवस्थामा रहेको छ । नियमित रुपमा पठाउनेभन्दा तीन गुणा बढी बसहरू सञ्चालन गर्दा पनि यात्रुको चाप नघटेको समितिका कर्मचारीहरुको भनाइ छ । नजिककाले त बसमा बस्न समेत नपाउने अबस्था रहेको र जिल्ला बाहिर जानेहरु बसमा उभिएर समेत जाने अवस्था रहेको उनको भनाई छ । उनले दशैको भनदा तीन गुण बढी यात्रु अहिले आएको बताए । बसपार्कमा गाडी नपाएर अलपत्र भएका यात्रुहरूले भने तिहारमा घर जाननै समस्या भएको बताए ।

    दुई वर्ष देखि घर जान नपाएको यसवर्ष घर जाम भनेको बस नै नपाईने भयो तुलसीपुर बस पार्ककामा भेटिएकी कल्पना विसीले भनिन् गत वर्षसम्म कोरोना थियो, यो वर्ष बस नपाइने डर भयो । उनले दिनभर बसपार्कमा बस्दासमेत टिकट नपाएको र घर कसरी जाने भन्ने चिन्ता बढेको बताए । सल्यान घर जान लागेका प्रकाश अधिकारीले यात्रुको चाप धेरै हुँदा बसको टिकट नपाइको र बस पार्कमा बसिरहेको बताए । धेरै वटा बसमा टिकटका लागि प्रयास गर्दा पनि नपाइएको गुनासो गरे ।

    सात महिनापछि भारतबाट सल्यान घर जान लागेका सल्यान दार्माका विकास थापाले दिन भरी बस पार्कमा बस्दा पनि घर जाने टुङगो नलागेको बताए । उनले भाइटीकासम्ममा जसरी पनि जान सकिन्छ की भन्ने लागको बताए । यात्रुहरूको सहजताका लागि प्रशासन कार्यालयले सहजीकरण गरिरहेको इलाका प्रशासन कार्यालय तुलसीपुरमा प्रमुख उपसचिव यज्ञबहादुर बुढाले बताए ।

    उनले यात्रुको सहजता र बसको व्यवस्थापनका लागि यातायाता व्यवसायी सग छलफल गर्ने र सहज बनाउने बताए । उनले यात्रुको सहयोगका लागि जिल्लाका विभिन्न स्थानहरुका यात्रु सहायता कक्ष समेत राखेको बताए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.