हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ३३ पुगेको छ । मंगलबार प्रदेशको ३ जिल्लामा थप ५ जनामा कोरोना पुष्टि भए संगै बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ३३ पुगेको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार मंगलबार थपिनेमा काठमाण्डौकी एक महिला,रामेछापका एक पुरुष र नुवाकोटका ३ जना पुरुष रहेका छन् । यसैगरि हालसम्म बागमती प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ भने कोरोना निको हुनेको संख्या ५० रहेको छ ।








