नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले राहदानीका लागि एमआरपी फारम संकलन बन्द गरेको छ । राहदानी विभागको निर्देशन अनुरुप विद्युतिय राहदानी जारी गर्ने कार्यका लागि एमआरपी फारम लिन बन्द गरेको सहयाक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिनुभयो ।
करिब एक महिनाभित्र जिल्लाबाट समेत विद्युतिय राहदानी प्रदान गर्ने तयारी स्वरुप बन्द गरि कर्मचारी व्यवस्थापन र तालिममा जुटेको उहाँले बताउनुभयो । साथै उहाँले अत्यन्त जरुरी भई प्रमाण पेश गरेको खण्डमा द्रुत सिफरिस गरिने र विभागमा अनलाईनमार्फत फारम भरि मिति र समय लिएर विभागबाट लिन सकिने बताउनुभयो ।
विद्युतिय राहदानीमा निवेदन दिन राष्ट्रिय परिचयपत्र वा सो को नम्बर आवश्यक हुने, हाल ३४ पृष्ठको साधारण विद्युतिय राहदानी मात्र उपलब्ध हुने, मेसिन रिडेबल राहदानी विभागको नारायणहिटिस्थित कार्यालयबाट र विद्युतिय राहदानी त्रिपुरेश्वरस्थित कार्यालयबाट जारी हुने उहाँले जानकारी दिनुभयो ।








