• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

सौराहामा मूर्तिकार : जनावर हेर्दै ढुंगामा मूर्ति कुँद्दै

  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मोरङ मिक्लाजुङका बलबहादुर घिमिरे केही दिनदेखि चितवनको सौराहा राप्ती नदीको डिलमा बसेर ढुंगामा विभिन्न आकृति बनाउनमा व्यस्त छन् । बिहान ७ बजेदेखि बेलुका आँखाले देखुन्जेलसम्म ढुंगामा विभिन्न जनावरका मूर्ति कुँद्नमा उनी तल्लिन हुन्छन् ।

    राप्ती नदीको किनारमा घाम ताप्दै गरेका गोही र नदी पारिको चितवन राष्ट्रिय निकुञ्जबाट निस्किने गैंडा लगायतका जनावर । साथै स्थानीय व्यवसायीले सफारीका लागि पालेका हात्ती हेर्दै उनले ढुंगामा ती जनावरको मूर्ति कुँद्ने गरेका छन् ।

    सौराहाको अन्तिम बिन्दुमा पर्ने राप्ती नदीको डिलमा तीनवटा ठूला ढुंगा लगेर राखिएको छ । ती ढुंगामा वन्यजन्तुका मूर्ति कुँद्न पाँच जना मूर्तिकार २ मंसिरदेखि खटिएका छन् । ढुंगामा बाघ, हात्ती र गैंडाको टाउको र अजिंगर, गोही र हाँसको पूर्णकदको मूर्ति बनाउन मूर्तिकारहरू पूर्वी नेपालका विभिन्न जिल्लाबाट आएका हुन् ।

    एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहामा हुँदै छ । त्यसैलाई लक्षित गरि सौराहालाई थप आकर्षक बनाउन ढुंगामा वन्यजन्तुका मूर्ति कुँद्न लागिएको हो । १० मंसिरसम्ममा तीनवटै ढुंगामा वन्यजन्तुका मूर्ति कुँदेर सक्ने मूर्तिकारहरूको लक्ष्य छ ।

    बलबहादुरले ढुंगामा मूर्ति कुँद्न थालेको १० वर्षजति भयो । उनी यो क्षेत्रमा सुरूमा रमाइलोका लागि आएका थिए । दाजुभाइ र साथीहरूको देखासिकी गरेर मूर्ति बनाउन थालेका उनी हाल यस क्षेत्रमा व्यावसायिक रूपमै लागेका छन् ।

    ढुंगामा मूर्ति कुँद्नका लागि बलौटे ढुंगा हुनुपर्छ । सौराहामा ल्याइएको ढुंगा कडा खालको ढुंगा हो । कडा खालको ढुंगा भएकाले मूर्ति कुँद्न केही कठिन भएको उनी बताउँछन् । यद्यपि असम्भव भने नरहेको उनले बताए ।

    उनका दाइ ढुंगामा बुद्धको मूर्ति बनाउनका लागि जापान गएका छन् । यसअघि इलाम, पाँचथर, मोरङ र झापा लगायतका जिल्लामा ढुंगामा मूर्ति कुँद्ने काम गरेको उनले बताए । ‘यो भन्दा पहिला ढुंगामा धेरैजसो देवी देवताका शालिक बनाउने गरेको थिएँ । यहाँ चाँहि जीव जनावरहरूको मूर्ति बनाउँदै छु’, उनले भने ।

    मूर्तिकला नै उनले आफ्नो मुख्य आम्दानीको स्रोत बनाएका छन् । तीन/चार वर्ष पहिलेसम्म ढुंगामा मूर्ति बनाउने प्रचलन खासै थिएन । पछिल्ला वर्षहरूमा भने विभिन्न ठाउँमा ढुंगामा विभिन्न बस्तुको चित्र बनाउने गतिविधि बढेको उनी बताउँछन् ।

    ‘पहिला त काम पाउनै धरै दुःख थियो । अहिले चाँहि त्यतिसारो गाह्रो छैन । काम पाइराखेको छ, गरिरहेका छौँ’, उनले भने । आफुहरूलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लालकाजी लामाले ढुंगामा मूर्ति बनाउने कामका लागि बोलाएको उनले बताए ।

    राप्ती नदीको डिलमा बसेर ढुंगामा वन्यजन्तुको चित्र बनाउँदै गर्दा उनीहरूले प्रत्यक्ष रूपमा गोही, गैंडा र हात्ती पनि देख्ने गरेका छन् । कुनै बेला प्रत्यक्ष रूपमा वन्यजन्तु हेर्दै पनि उनीहरूले ढुंगामा चित्र कुँदेका हुन्छन् ।

    आयआर्जनको बाटो मूर्तिकला

    उनीसँगै संखुवासभाका भक्तिराम राई ढुंगामा मूर्ति कुँद्न व्यस्त देखिन्छन् । हाल झापाको दमकमा बसेर मूर्तिकलासम्बन्धी काम गर्दै आएका राई सौराहामा २ मंसिरमा आएका हुन् । उनले ढुंगामा व्यावसायिक रूपमा मुर्ति कुँद्न थालेको करिब चार वर्ष भयो ।

    ‘सुरूमा त रमाइलो लागेर नै सिकेको हो । विस्तारै सिक्दै गएपछि आयआर्जनको बाटो नै यही बन्यो’, उनी भन्छन् । ढुंगामा मूर्ति कुँद्नका लागि उनीहरूले हथौडा, छिनो, ग्रेन्डरजस्ता औजारको प्रयोग गर्छन् ।

    मूर्ति बनाउँदा ढुंगाबाट निस्किने धुलोका कणलाई छेक्न उनीहरूले विशेष किसिमको फिल्टर मास्क प्रयोग गर्छन् । धुलो छेक्ने फिल्टर मास्क उनीहरूले जापानबाट नै ल्याउने गरेका छन् । उनीहरूले अवस्था हेरेर मूर्ति बनाएको एक दिनका चार हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । आफुहरूको पारिश्रमिकको विषयमा सरकारले पनि तोकी नसकेको उनी बताउँछन् ।

    सिप र क्षमता भयो भने मूर्ति बनाएरै पनि जिविकोपार्जन गर्न सकिने उनले बताए । ‘विदेश गए पनि नेपाली श्रमिकले ३० देखि ४० हजार नै पाउने हो । त्योभन्दा सिप र क्षमता भयो भने स्वदेशमै बसेर पनि राम्रो कमाउन सकिन्छ’, उनले भने ।

    रत्ननरगर नगरपालिकाको पहल र जिल्ला समन्वय समिति चितवनको बजेटमा सौराहाको राप्ती नदी डिलमा ढुंगामा मूर्ति बनाउन लागिएको हो । रत्ननगर–६ मा पर्छ सौराहा ।

    मूर्ति बनाउन १० लाख बजेट

    केही महिनाअघि न्युयोर्क पुगेका रत्ननगरका मेयर नारायण वनले स्थानीय घरहरूको आडमा ढुंगामा विभिन्न वस्तुको मूर्ति कोरेर आकर्षक बनाएको देखे । उक्त आकर्षक ढुंगाको नजिक पुगेर नियालेका वनले वास्तवमा त्यो वस्तु ढुंगा नै नभएर प्लाष्टिकको सामाग्रीमा रंग लगाएर ढुंगा जस्तो बनाइएको थाहा पाए ।

    ‘प्लाष्टिकलाई पनि त्यसरी ढुंगा जस्तो बनाएर आकर्षक बनाउँदा रहेछन् । त्यो देखेपछि हामीले पनि सौराहामा ढुंगामै मूर्ति कुँदेर आकर्षक बनाउनुपर्छ भन्ने सोच आयो । त्यसपछि कालिका नगरपालिकाबाट ढुंगा ल्याएर अहिले मूर्ति कुँद्ने काम भइरहेको छ’, उनले भने ।

    कालिकाको जुटपानीबाट तीनवटा ढुंगा सौराहाको राप्ती नदीको ड्याममा ल्याएर मूर्ति कुँद्ने काम भइरहेको छ । सुरूमा ढुंगामा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने वनपाले, गाइड लगायतको अर्धकदको मूर्ति बनाउने उनको योजना थियो ।

    तर, मूर्तिकारको सल्लाहविनै ल्याइएका उक्त ढुंगा कडा खालको परे । त्यस्ता ढुंगामा मान्छेको चित्र कुँद्न कठिन हुने बताएपछि अहिले वन्यजन्तुको चित्र बनाउने काम भइरहेको छ । जिल्ला समन्वय समिति चितवनको १० लाख रुपैयाँ सहयोगमा ढुंगामा मूर्ति बनाउने काम भइरहेको उनले जानकारी दिए ।

    सौराहाको अन्तिम गन्तव्यमा पर्ने त्यस तटबन्धलाई व्यवस्थित गरेर मार्बल विच्छाइएको छ । त्यसबाट पर्यटकले राप्ती नदीको किनारमा घाम तापिरहेका गोहीदेखि हात्ती र जंगली जनावरहरू अवलोकन पनि गर्न पाउँछन् । मार्बल हालिएको ठाउँमा तीनवटा ठूला ढुंगा लगेर राखिएको छ ।न्युज कारखाना

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.