• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

महाधिवेशनको पूर्वसन्ध्यामा एमालेमा युवाको नयाँ बहस, ३३ प्रतिशत नयाँ अनुहार ल्याउन जाेड

  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । एमालेको दशौं महाधिवेशनको पूर्वसन्ध्यामा युवा नेताहरूले नयाँ बहस थालेका छन् । पार्टीमा केन्द्रीय समितिदेखि वडासम्म जिम्मेवारी हस्तान्तरणको कुनै मापदण्ड नभएको अवस्थामा युवाहरूले पार्टीलाई चलायमान बनाउन जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन भन्दै बहस थालेका हुन् ।

    सबै प्रदेशका युवा नेताहरू मिलेर जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन पार्टी नेतृत्वदेखि पदाधिकारीसम्म ध्यानाकर्षण गराइरहेका छन् । दशौं महाधिवेशनमा नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्न अभियान चलाइएको अभियानका एक सदस्य एमाले युवा नेता हीराबहादुर केसीले जानकारी दिए ।

    के हो बहस ?

    युवाहरूले अब पार्टीमा ३३ प्रतिशत नयाँ अनुहार प्रवेश पाउनुपर्ने उद्देश्य राखेर बहस थालेको हो । यसका लागि पार्टीमा रहेको तीन पुस्ताको उचित संयोजनमा जोड दिइएको छ । युवाहरूका अनुसार अहिले एमालेमा २०३६, २०४६ र २०६२/०६३ को तीन पुस्ता सक्रिय छ । विधान महाधिवेशनबाट पारित भएको संगठनात्मक प्रस्तावमा तीन पुस्ताको अवधारणा स्वीकार गरेको छ । त्यसैले अब बन्ने कमिटीमा अनुभवी पुस्ता, कामकाजी पुस्ता र विकासवान पुस्ताको उचित संयोजन हुनुपर्ने युवाहरूको बहस हो ।

    किन सही संयोजन ?

    एमालेमा २०३६, ४६ र ६२/६३ को पुस्ताको उचित संयोजन भयो भने ग्याप हट्ने युवाहरुको तर्क छ । ‘यति गरिएन भने लिडरसीप ग्यापको समस्या हुन्छ,’ नेता केसी भन्छन्, ‘यसको वैज्ञानिक व्यवस्थापन हुन सकेन भने ३६/४६ को पुस्ता रिटायर्ड हुने र ६२/६३ को पुस्ता तयार भइनसकेको अवस्था सिर्जना हुनेछ ।’

    यसलाई हल गर्न युवासँग उपाय पनि छ, जो नेतृत्वलाई सुझाइरहेका छन् । ‘हिजो नेताहरुको संख्या सानो थियो र जिम्मेवारी लिन कर गर्नुपर्ने स्थिति थियो । तर आज नेतृत्व गर्न सक्ने संख्या ठूलो भएको छ । नयाँ नयाँ चुनौती थपिएका छन् । भोलिका सम्भावित चुनौतीलाई सामना गर्नसक्ने नेतृत्व निर्माण गर्नुपर्ने दायित्व छ,’ केसीले न्युज कारखानासँग भने ।

    सही संयोजनका उपाय

    युवाहरूले केन्द्रीय कमिटीदेखि वडा कार्य कमिटीसम्म पार्टीलाई चलायमान बनाउन कार्यकालको सीमा निर्धारण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    विधान महाधिवेशनले पदाधिकारीलाई ७० वर्षको उमेरहद र दुई कार्यकाल कार्यकारी पदमा बस्न पाउने सीमा निर्धारण गरेर लागू गरेसँगै युवाले केन्द्रीय समितिमा सीमा निर्धारणलाई उपायका रूपमा प्रस्तुत गरेका छन् ।

    गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका केसीका अनुसार युवाको पहिलो उपाय चार कार्यकाल केन्द्रीय कमिटीमा काम गरिसकेपछि सोही जिम्मेवारीमा दोहोरिन नपाउने व्यवस्था गर्ने भन्ने हो । दोस्रो कार्यसम्पादन मूल्यांकनअनुसार थप जिम्मेवारी दिने व्यवस्थाको आरम्भ गर्नुपर्ने हो । तेस्रोमा स्वेच्छिक अवकाशको प्रावधान निर्माण गरी लागू गर्नुपर्ने उपाय युवाहरुले सुझाएका छन् ।

    यसका लागि कमिटीमा प्रवेशका लागि मापदण्ड लागू गरेजस्तै पदबाट बिदाको पनि मापदण्ड बनाएर लागू गर्नुपर्ने युवाको प्रस्ताव छ । ‘जस्तो केन्द्रीय कमिटीमा प्रवेशका लागि मापदण्ड छ तर पदबाट बिदा गर्न कुनै मापदण्ड छैन,’ केसीले भने,  ‘एक ठाउँमा बिर्को खोलियो भने खाली हुँदै जान्छ । केन्द्रमा सातवटै प्रदेशबाट आउँछ । प्रदेशमा बिर्को लाएर बसेका मान्छेले छोडेपछि जिल्लाबाट आउँछ । जिल्ला पनि खाली भएपछि पालिकाबाट आउँछ । पालिका खाली भएपछि वडाबाट आउँछ । पार्टी चलायमान हुन्छ । नेतृत्व निर्माणमा चेन इफेक्ट गर्छ ।’

    ३३ प्रतिशत नयाँ अनुहार

    चितवनमा १०-१२ मंसिरमा हुने महाधिवेशनबाट ३३ प्रतिशत नयाँ अनुहार पार्टीमा आउनुपर्ने जोड युवाले दिएका छन् ।

    उनीहरूका अनुसार अहिलेको पार्टी संगठनमा एक सय ९५ सदस्यीय केन्द्रीय कमिटीमा एक सय ६५ पुरुष र ३० महिला छन् । दशौं महाधिवेशनबाट दुई सय २५ जनाको केन्द्रीय कमिटी निर्वाचित हुँदैछ । ७५ जना महिला अनिवार्य राख्नुपर्ने विधानमा व्यवस्था छ । एक सय ५० पुरुष मात्रै आउँदैछन् । एक सय ६५ जना त अहिलेको कमिटीमा छन् । १५ जना यसपालि बाहिरिनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा केन्द्रीय कमिटीमा पुरुषतर्फ नयाँ अनुहार एक जना पनि आउने अवस्था छैन । त्यसैले जिम्मेवारी हस्तान्तरण मापदण्ड बनाउन बहस थालिएको नेता केसीले बताए ।

    उनकाअनुसार यो अभियानअन्तर्गत एमालेका दोस्रो पुस्ताका नेता शंकर पोखरेल, योगेश भट्टराई, विष्णु रिमाल, खिमलाल भट्टराईलगायतलाई भेटेर छलफल गरिएको छ । नेताहरू पनि सकारात्मक छन् । ‘प्रस्ताव जायज छ । यसको कार्यान्वयनका लागि सघन कार्ययोजना आवश्यक छ भनेका छन्,’ नेता केसीले भने, ‘बहसले सार्थकता पाउनेमा विश्वस्त छौं ।’

    युवाले महाधिवेशन अगाडि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु पौडेललगायत शीर्ष नेतालाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

    युवाहरूको अभियानमा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य केसीसहित प्रदेश १ कमिटी सदस्य रामकुमार बस्नेत, कञ्चनपुरबाट निर्वाचित संघीय सांसद दीपकप्रकाश भट्ट, गण्डकी प्रदेश सांसद  इन्द्रलाल सापकोटा अग्रपंक्तिमा छन् ।

    त्यसैगरी योगेन्द्र शाही, किशोरविक्रम मल्ल, पदम गिरी, रश्मि आचार्य, महेश बर्तौला, शोभियत ढकाल, शैलेश लामा, सीपी घर्ती, अशोक ठकुरी, द्वारिका न्यौपाने, सीता थापा, सूर्य ढकाल, मीना श्रेष्ठ, शिव गुरुङ, रञ्जना सरकारलगायत सबै प्रदेशबाट पार्टीका युवा नेता अभियानमा छन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.