प्युठान। नेपाली कांग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरि विजयी भएका छन् । मंगलबार राति सार्वजनिक मतपरीणाम अनुसार गिरिले प्रतिस्पर्धी शिव रिजाललाई ७२ मतअन्तरले पराजित गरेक हुन् ।
गिरिले ५ सय ६६ मत पाउँदा रिजालले ४ सय ९४ मतमा चित्त बुझाए । गिरि गौमुखी गाउँपालिका अध्यक्षसमेत हुन् । १४औँ जिल्ला अधिवेशनमा सभापतिबाहेकका पदमा सर्वसम्मत भएको छ । कुल १ हजार १ सय ९ मध्ये १ हजार ६५ मत खसेको थियो ।








