चितवन । नेपाली काँग्रेस चितवनको अधिवेशन स्थगनप्रति असन्तुष्टि जनाउँदै जिल्ला उपसभापति कैलाश कोइरालाले पदबाट राजिनामा दिएका छन् ।
१४ औँ अधिवेशनमा सभापति पदका उम्मेद्वार रहेका कोइरालाले आज शुक्रबार विज्ञप्ति जारी गर्दे राजीनामा दिएका हुन् । उनले एक विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमालाई नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको कारण देखाउँदै निर्वाचनलाई विथोल्न खोजेको भन्दै उनले पदबाटै राजिनामाको घोषणा गरेका हुन् ।
एमालेको महाधिवेशनलाई कारण देखाउँदै काँग्रेस चितवनले कार्यकर्ताहरुमा भ्रम सृजन गर्ने आपराधिक र कपोकल्पित निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । कोइरालाले आफ्नो उम्मेद्वारी दिँदै गर्दा अत्तालिएर हतास मनस्थितिले निर्वाचनको मिति स्थगित गर्ने षड्यन्त्र भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले राजीनामापछि पार्टीमा उत्पन्न हुनसक्ने सम्पूर्ण परिस्थितिको जिम्मेवारी कार्यसमितिलेनै लिनुपर्ने बताएका छन् । उनले पदबाट राजिनामा दिएपनि इमान्दार कार्यकर्ता भई सँधै काँग्रेसमै रहने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार कोइरालाले औपचारिक रुपमा सभापति पदमा उम्मेद्वारी घोषणा गरेलगत्तै जिल्ला अधिवेशन स्थगितको सूचना आएको थियो ।
काँग्रेस चितवनको अधिवेशन अन्तर्गत शुक्रबार मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको थियो भने ११ गते भरतपुर कभर्ड हलमा मतदान हुने कार्तक्रम तय भएको थियो ।








