चितवन । नारायणगढ(मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर २९ दासढुङ्गामा म्याजिक भ्यान पल्टिदा चार जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको प्रदेश ३–०१–०२३ च १३९० नम्बरको म्याजिक भ्यान आँफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी म्याजिक भ्यानमा सवार चार जना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेहरुको अवस्था सामान्य छ । भ्यानका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।








