चितवन । चितवनमा नक्कली ईजाजत लिई बैकिङ कारोवार गर्ने पक्राउ परेका छन् । नक्कली ईजाजत लिई सन्चालन गरेको भरतपुर महानगरपालिका वडा नम्बर १० रिजालचोक स्थित मेक्स मि ई-कमर्स इन्टरनेशनललाई पक्राउ गरिएको हो ।
नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुकाएर अन्य संस्थाले भन्दा राम्रो व्याज दिने आर्थिक प्रलोभन देखाई खाता खोल्न लगाई पासबुक समेत बनाई दैनिक रुपमा निक्षेप संकलन गरी ऋण समेत प्रवाह गरी ठगी गरेको भन्ने सुचना आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता नरहरी अधिकारीले जानकारी दिए।
अनुसन्धान गर्दा उक्त संस्थाका कार्यकारी निर्देशक पुष्पराज तिमिल्सेना आफैले नेपाल राष्ट्र बैकको नक्कली ईजाजत पत्र तयार गरेको प्रारम्भिक अनसन्धानबाट खुल्न आएको प्रहरिले जनाएको छ । उनलाई ठगी सम्बन्धी अपराधको जाहेरी समेत परेको हुँदा उक्त संस्थाका कार्यकारी निर्देशक जिल्ला दैलेख आठबिस नगरपालिका वडा नमबर ७ घर भई हाल भरतपुर महानगरपालिका वडा नमबर ७ बस्ने २७ बर्षिय पुष्पराज तिमिल्सेनालाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रबक्ता अधिकारीले बताउनु भयो ।








