चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा रमेश रानामगर चयन भएका छन् । फोनिजको आठौं साधारण सभा तथा चौथो अधिवेशनले रानामगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो । उपाध्यक्ष तुलमान गुरुङ, सचिवमा उर्गेन तामाङ, सहसचिवमा सविता दराई, कोषाध्यक्षमा कमलमान श्रेष्ठ रहेका छन् ।
यस्तैगरी सदस्यहरुमा आश्मा राई, अपेक्षा चौधरी, सुनिल श्रेष्ठ, मनोज चौधरी, सूचना गुरुङ, दिपेन्द्र चौधरी, बबिलाल तामाङ र प्रतिमा कुमाल रहेका छन् । कार्यक्रममा फोनिजका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, तामाङ पत्रकार संघका अध्यक्ष बबिलाल तामाङ र कालिका एफएमका प्रतिमा कुमाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रका सचिव सिर्जना अर्याल प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन उपाध्यक्ष प्रकाश ज्ञवालीले अर्को वर्ष प्रकाशित हुने फोनिज सन्देश चितवन (स्मारिका) का लागि ५० हजार दिने प्रतिबद्धता गरेका थिए ।
कार्यक्रममा प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नेवा पत्रकार संघका अध्यक्ष कमलमान श्रेष्ठ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, थारु पत्रकार संघ चितवनका अध्यक्ष सुमित्रा चौधरी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम सन्दिपकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिव तुलमान गुरुङले गरेका थिए ।








