चितवन विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा मंसिर २७ गते सोमबारदेखि कोरोना भाइरसविरुद्धको फाइजर वायोएनटेक खोपको दोस्रो मात्रा दिइने भएको छ ।
कार्तिक २८ गतेदेखि मंसिर ८ गतेसम्म फाइजर वायोएनटेकको पहिलो डोज लगाएका दिर्घ रोगी तथा १२ देखि १७ वर्ष उमेर समूहकालाई दोस्रो डोज दिइने भएको हो । खोप अभियान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने अस्पतालले जानकारी दिएको छ ।









