चितवन । भरतपुरमा रहेको सनराइज स्कुलले कक्षा १२ का उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। स्कुलले कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने साइन्सका विद्यार्थी आदित्य भण्डारी र अर्का साइन्स बायोका नरेश खनाललाइ सम्मान गरेको हो। शिक्षक भूमिराज तिवारीले ३.९२ जि.पि.ए. ल्याउने भण्डारी र ३.८६ जि.पि.ए. ल्याउने खनाल लगायत सबै विद्यार्थीलाइ सम्मानका साथ बधाइ तथा बिदाइ गरिएको बताए ।
भण्डारी देशमै र खनाल जिल्लामा उत्कृष्ट रहेको सनराइजको दाबि छ। यस वर्षको कक्षा १२ परीक्षामा सम्मिलित १९७ जना परीक्षार्थी मध्ये ४९ जना ए प्लस, ८१ जना ए, ५८ जना बि प्लस र ९ जना बि ग्रेड सहित उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको तिवारीले जानकारी दिए । विद्यालयका प्रिन्सिपल शिवकुमार बगालेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सनराइज स्कुल चितवन प्रा।लि। का अध्यक्ष हेमराज शर्मा प्रमुख अतिथि रहेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्याल, शिक्षक अभिभावक सङ्घका अध्यक्ष बिर्खबहादुर आधिकारी, विद्यालयका प्रशासन शाखा प्रमुख राजाराम पाठक, पुर्व प्लस टु कोडिनेटर भूवन बन्धु अधिकारी लागाएत शिक्षक कर्मचारीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संयोजक जिबलाल चालिसेले स्वागत मन्तव्य राखेका थिए।








