• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

महिला तथा अपाङ्गता भएकालाई उद्यमी बनाउनु पर्छ : मन्त्री रेग्मी

  •   शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले उद्योग क्षेत्रमा महिला र अपाङ्गता भएका व्यक्तिको समेत सहभागिता हुनु जरुरी रहेको बताउनुभएको छ । चितवन उद्योग सङ्घले आजदेखि यहाँ सुरु गरेको छैठौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले औद्योगिक क्षेत्रमा महिला र अपाङ्गता भएकाको समेत सहभागिता आवश्यक रहेको बताउनुभएको हो ।

    उद्योगलाई महिला र अपाङ्गमैत्री बनाउन सकेमा मात्रै सबै क्षेत्रको सहभागिता हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अब स्थापित हुने उद्योग महिला र अपाङ्गमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा सोचेर उनीहरुलाई पनि उद्योगी बनाउन जरुरी रहेको छ ।” प्रदर्शनीले नेपालमा नै केही गर्न सकिन्छ भन्ने देखाउन सहयोग पुग्ने जनाउँदै उहाँले आफ्नै मुलुकको उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो ।

    शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि आफुले सरकारलाई झकझक्याउने उहाँको भनाइ थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेलले उद्योगका क्षेत्रमा उद्योग सङ्घले गरेका कामको प्रशंसा गर्नुभयो । नेपालमा रहेका उद्योगलाई विदेशी उद्योगसँग प्रतिस्पर्धायोग्य बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

    सो अवसरमा उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेलले उद्योग क्षेत्रले गरेको प्रगतिले आयात र निर्यातलाई सन्तुलन राख्ने गरि काम गर्नुपर्ने बताउनुभयो । उद्योग क्षेत्रको विकासका लागि मन्त्रालय रचानात्मक सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

    नेकपा (एमाले)का केन्द्रीय सदस्य जगन्नाथ थपलिया, नेपाली कांग्रेसका जिल्ला सचिव राजिव न्यौपाने, नेकपा (माओवादी केन्द्र)का भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटा, नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष डा. कृष्णराज पन्त, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कंडेलले बोल्नुभएको थियो ।

    उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी यही पुस ४ गतेसम्म सञ्चालन हुने छ । सङ्घका अध्यक्ष कंडेलका अनुसार प्रदर्शनीमा भारतका ५० सहित दुई सय कक्ष रहेका छन् । तीस प्रतिशत कक्ष अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनका रहेका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सिथिल बनेको उद्योग व्यवसायको प्रवद्र्वन गर्ने उद्देश्यले प्रदर्शनी गरिएको हो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.