• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

भरतपुर महानगर प्रमुख दाहालको भाषण बढि, काम लथालिङ्ग: फोहोरका थुप्राले महानगर नै दुर्घन्धित

  •   शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। केही समय पहिले हो , भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी किनारलाई विदेश जस्तै बताउने बताइन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहेको कार्यक्रममा उनले पर्याप्त बजेट पाए नारायणी नदी किनारलाई सी वीच मोडल बनाउने बताएकी थिइन् ।

    पछिल्ला समय प्रचण्ड र रेनु आफैले एमाले महाधिवेशन देखि विभिन्न कार्यक्रममा आएका स्थानीय तथा जनतालाईहरुलाई भरतपुरको विकास हेर्न आएको बताइरहेका छन् । तर त्यसरी विदेश जस्तै बनाउने भनिएको भतरपुर महानगरमा विगत एक हप्तादेखि फोहोर नै उठाइएको छैन । जसले गर्दा स्थानीय देखि व्यवसायी आक्रोशीत सँगै दुर्गन्ध फैलिने भन्दै चिन्तीत छन् । फोहोर व्यवस्थापन गर्ने भन्दै महिनाको पाँच सय सम्म बुझाउने गरेको उनीहरुले सुनाए । तर विगत एक हप्तादेखि फोहोर नै उठेको छैन ।

    कुनै भिआइपी आउँदा घडा सजाएर स्वागत गरिएजसरी समृद्ध भरतपुर बताइएको यहाँ दायाँवायाँ फोहोरको थुप्रोले स्वागत गरिएको छ । महानगरले भने फोहोर उठाउन पहल भइरहेको बताइरहेको छ । तर स्थानीयले महानगरले पटक पटक विकास गर्ने बताएपनि काम नगरेपछि अवरोध गर्नुपरेको बताएकाछन् । महानगरमा दैनिक करिव ६५ देखि ७० टन फोहोर उठ्ने गरेको छ । वर्खाको समय भरतपुर २४ धु्रवका स्थानीयले फोहोर फाल्न नदिएपछि फोहोर उठ्न नसकेको हो ।

    हिउँदमा भरतपुर ३ नगर वन र वर्खामा उक्त स्थानमा महागनरले फोहोर फाल्दै आएको छ । फोहोर व्यवस्थापनका लागि महागनरले कोरियन कम्पनीसँग पनि सम्झौता गरेको थियो । तर फिल्डमा देखिनेगरी कुनै काम भएको छैन । सुडोनोन ल्यान्ड–फिल्ड साइट म्यानेजमेन्ट नामक कोरियन संस्थाको साझेदारीमा भरतपुर–२, आँपटारीमा स्यानिटरी ल्यान्डफिल्ड साइट बनाउने महानगरको योजना छ । त्यहाँ महानगरको १५ बिघा जग्गा छ । कोरियन संस्थासँग २०७५ भदौमा सम्झौता भएको थियो ।

    ल्यान्डफिल्ड साइट निर्माणका लागि डिसेम्बरभित्रै कोरियन संस्थासँग एमओयू हुन लागेको महानगरले जनाएको छ । यो समय सम्झौता भएपनि फिल्डमा काम सुरु हुन अझै कम्तीमा डेढ वर्ष लाग्ने देखिन्छ । कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्टयाएर कुहिने फोहोरबाट मल बनाउने अभियान पनि सञ्चालन गरिएको महानगरले जनाएको छ । तर व्यापारीक क्षेत्र नारायणगढमा भने त्यो देखिदैन । कुहिने नकुहिने सबै फोहोर ल्याएर थुपारेको देखिन्छ जसले अझ बढी दुर्गन्ध फैलाएको छ ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.