भरतपुर । भरतपुर महानगरपालिका ७ कृष्णपुरकी एक युवती तीन दिनदेखि बेपत्ता भएकी छन् । २५ वर्षीया रविना आले (बन्दना) पौष १ गतेदेखि बेपत्ता भएकी हुन् । रविनाकी ममी तारा आले मगरका अनुसार उनी पौष १ गते बिहान कसैलाई नभनी घरबाट निस्किएकी थिईन् ।
उनी अझै सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन आग्रह गरेकी छिन् । उनी घरबाट हरियो हुट, हल्का निलो सुरुवाल, पछाडि पहेलो व्याग भिरेर निस्किएकी थिईन् ।
गहुँगोरो वर्णकी, ५ फिट उचाई भएकी दाहिने खुट्टा हल्का लतारेर हिड्ने, हल्का लरबरिएको बोली,हाँसेर बोल्ने यवती कोही कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा आमा तारा आलेको फोन नम्वर ९८४५३२७४४९ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।








