• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

दुई वर्षमा बनिसक्नुपर्ने देवघाट शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै

  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने देवघाटस्थित विद्युतीय शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै भएको छ । शवदाह गृहको निर्माण सम्झौता अवधि ३ माघ २०७७ मै सकिएको हो । त्यतिबेला भौतिक प्रगति १० प्रतिशत थियो । त्यसयता हालसम्म शवदाह गृहको भौतिक प्रगति १५ प्रतिशत मात्रै पुगेको छ ।

    शवदाह निर्माण गर्ने जिम्मा पाएको मिलिनियम सिद्धगढी जेभीले कहिले कोरोना महामारी त कहिले बाढीले क्षति पुर्‍याएको भनी समय माग्यो । सरकारी निकाय सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले पनि उसले मागेअनुसार म्याद थप गर्दै गयो । आयोजनाले दिएको अन्तिम म्याद आगामी चैतमा सकिँदै छ ।

    तर चैतसम्ममा पनि शवदाह गृह निर्माण सम्पन्न हुनेमा आयोजना प्रमुख नै विश्वस्त छैनन् । एक महिनाभित्र कामको प्रगति सन्तोषजनक नभए ठेक्का तोड्ने तयारी भएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले बताए ।

    ‘छिटो काम सक्नलाई हामीले दबाब र ताकेता गरिरहेका छौँ । एक महिनाभित्रको कामको प्रगति सन्तोषजनक नभए ठेक्का तोड्छौँ’, उनले भने । दैनिक ३० जनाभन्दा बढी कामदार खटाएर एक महिनाभित्र स्ल्याब ढलानको तयारी नगरे काम सन्तोषजनक नमानिने उनले बताए । अहिलै ठेकेदारले दैनिक १३ जना मात्रै कामदार फिल्डमा खटाएको छ ।

    शवदाह गृहको टाइविमको काम सकेर पिलरको काम सुरु भएको छ । ठेकेदारले गएको जेठमा शवदाह गृहको जग खनेको थियो । जग खनेर सोलिङ गरेपछि बाढीले पुर्‍यो । बर्खामा बाढी आउँछ भन्ने थाहा पाउँदापाउँदै पनि ठेकेदारको आफ्नै ढिलासुस्तीले गर्दा बाढी पसेको अर्याल बताउँछन् ।

    शवदाह गृह निर्माणमा चरम ढिलासुस्ती भएपछि सहरी विकास तथा भवन निर्माण विभागले गएको मंसिरमा आयोजनालाई स्पष्टीकरण सोधेको थियो ।

    शवदाह गृहको निर्माण सुरु भएपछि कोभिड-१९ को पहिलो र दोस्रो लहरका कारण कामदार फिल्डसम्म जान नसकेको, बाढीले रिटेनिङ वालमा क्षति पुर्‍याएको र निर्माण व्यवसायीले समयमै जगको काम गर्न नसक्दा बाढीले क्षति पुर्‍याएको भनी आयोजनाले जवाफ दिएको थियो ।

    ठेकेदारले लग्यो दुईपटकको भुक्तानी

    शवदाह गृह निर्माणमा ढिलासुस्ती गर्दै आएको ठेकेदार कम्पनीले दुईपटक भुक्तानी लिइसकेको छ । दुईपटकमा डेढ करोड रुपैयाँ लगिसकेको आयोजना प्रमुख अर्यालले बताए । पेस्कीसमेत गर्दा ठेकेदारले दुई करोडभन्दा बढी रकम लगिसकेको छ ।

    दुई वर्षभित्र शवदाह गृह निर्माण सम्पन्न गर्नेगरी ११ करोड २१ लाख आठ हजार ६४१ रुपैयाँमा ठेकेदारसँग सम्झौता भएको थियो । बाढीले क्षति पुर्‍याएपछि गएको असारदेखि मात्रै ठेकेदारले काम थालेको उनले बताए ।

    पवित्र धार्मिकस्थल देवघाटमा चार कठ्ठा जमिनमा विद्युतिय शवदाह गृह बनाउन लागिएको हो । देवघाटमा दैनिक औसत १२ जनाको शव दाहसंस्कार गर्ने गरिएको छ । शवदाह गृह निर्माण भएपछि शव जलाउन छिटो र सहज हुने अपेक्षा गरिएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.