• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

चितवनमा अर्ना बचाउनै मुस्किल

  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वंश विस्तार गर्ने उद्देश्यले यहाँ ल्याइएका अर्ना बचाउन मुस्किल भएको छ । विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना काठमाडौँबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएको थियो ।

    चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुल्ला खोर बनाएर अर्ना राखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार यसवर्ष साउनयता १० अर्ना मरेका छन् । तत्कालीन समयमा कोशीटप्पुबाट १२ र चियाखानाबाट तीन अर्ना ल्याइएको थियो । तीमध्ये ६ अर्ना बाढी र बाघका कारण मरेका थिए ।

    विसं २०७४ का बाढीमा पाँच अर्ना मरेको थियो, भने एउटा बाघले खाएको थियो । त्यसयता चार पाडापाडी जन्मिएका थिए । उहाँका अनुसार यसवर्ष ६ भाले र ४ पोथी मरेका हुन् । खोरमा तीन वटा पोथी मात्र बाँकी छन् । विसं २०७५ को साउन ३१ गते पहिलो बच्चा जन्मिएको थियो । समूह बनाएर सत्रुसँग लड्नसक्ने भएपछि खुल्ला ठाउँमा छोड्ने उद्देश्यका साथ अर्ना ल्याइएका हुन । प्रमुख संरक्षण अधिकृत आचार्यले ५०सम्म अर्ना हुनसकेमा उनीहरुले खुल्लाठाउँमा सत्रुसँग लडेर जोगिन सक्छन् ।

    निकुञ्जमा रहेको सङ्ख्या कम हुँदा छोड्नसक्ने अवस्था नरहेका कारण समस्या भएको हो । उहाँको भनाइमा कोशीमा बगेको पानी खाएका अर्ना यहाँ खोरभित्रको तलाउ र घाँसे मैदानमा लामो समय बस्न कठिन भएको देखिन्छ । उहाँले भन्नुभयो,“उपयुक्त बासस्थान र खानाकै कारण समस्या भए जस्तो देखिन्छ ।” ठूलो सङ्ख्या भएर छिटो छोड्न सकेमा सफलता मिल्ने उहाँको अनुमान रहेको छ ।

    सन् १९६१ ताका यहाँ अर्ना रहेको बताइन्छ । त्यसयताको लामो समयमा वातावरणीय प्रभाव परिवर्तन भएका कारण पनि अर्ना टिक्न कठिन भएको हुनसक्ने बताइन्छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठ पछिल्लो पटक मरेको अर्नामा निमोनिया देखिएको बताउनुहुन्छ । बासस्थान रहेको क्षेत्रमा बाढीका कारण प्रभाव परेको र बिरामी परेर अर्ना मरेको उहाँको भनाइ छ । मरेका अर्नाको एकीन कारण पहिचानका लागि नमूना राखिएको छ । पूर्ण परीक्षणपछि थप कारण पत्ता लाग्ने निकुञ्जले जनाएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेल यसैवर्ष अर्ना स्थानान्तरण गर्ने विषयमा प्रस्ताबको तयारी गरेको बताउनुहुन्छ । उहाँको भनाइमा पाँच महिना मात्र राखेर बथान वनाएर छोड्न मिल्ने गरी अर्ना ल्याउनुपर्दछ । त्यसरी ल्याइएका अर्नालाई रेखदेखका लागि थप जनशक्ति परिचालन गरी पोसिलो खानाको व्यवस्था गरिने कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “छिट्टै अर्ना स्थानान्तरण गरेर वर्षात्सम्ममा खुल्ला ठाउँमा छाड्नसक्ने गरी कामका लागि प्रस्ताव गर्दैछौं ।”

    छोटो समय विशेष निगरानीमा राखेमा उपयुक्त हुने उहाँको भनाइ छ । एक ठाउँमा मात्र अर्ना भएकाले रोगव्याधि र समस्या देखिएमा मासिन सक्ने भएकाले अन्यत्र स्थानान्तरण गर्नुपर्ने विभागको योजना रहेको छ । कंडेलले वथान वनाएर छोड्दा उनीहरुले चाहेको जस्तो बासस्थान पाउने भएकाले यसबाट बंश विस्तार गर्न सहज हुने जानकारी दिनुभयो । तत्कालीन समयमा २५ वटा अर्ना ल्याउने भनिए पनि कम सङ्ख्या ल्याएकै कारण समस्या भएको हो ।

    अब ल्याउदा दुई÷तीनवटा भाले ल्याउने र अन्य पोथी ल्याउने विभागको तयारी रहेको छ । अर्ना तीन÷चार वर्षको उमेरपछि प्रजननयोग्य हुने गर्दछ । अर्ना स्वच्छ पानी, दलदल र घाँसे मैदानमा रमाउने गर्दछ । अर्ना भैँसी प्रजातीको हुने हुनाले सोही अनुसारको ब्याउने चक्र हुनेगर्दछ । यसको सरदर आयु २५ वर्ष हुने विज्ञहरु बताउछन् । (रासस)

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.