• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

कृषि र पशुजन्य व्यवसायलाई जोड दिदै रत्ननगर महोत्सव

  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको रत्ननगरमा पौष २७ गतेदेखि १३ औं रत्ननगर महोत्सव आयोजना हुँदैछ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा टिकौली चौरमा हुने महोत्सव माघ ८ गतेसम्म चल्नेछ ।

    १३ औं संस्करणको रत्ननगर महोत्सवमा कृषि र पशुजन्य व्यवसायलाई जोड दिईने आज ९बिहीबार० सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । बृहत व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तकारी, थोपा सिचाई प्रविधि, केरा माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि र पशुजन्य व्यवसायलाई महोत्सवमा जोड दिईने रत्ननगर उवासंघका अध्यक्ष एवं मूल आयोजक समिति संयोजक अनिल कृष्ण श्रेष्ठले जानकारी दिए ।

    महोत्सवमा स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसंघ सम्बन्धित सेवा, प्रविधि एवं मल बिउ बिजनहरुको प्रदर्शनी गरिने श्रेष्ठले बताए । उनका अनुसार महोत्सव अवधिभर कृषिसँग सम्बन्धित गोष्ठी तथा अन्तरक्रिया पनि हुनेछ । चितवनको बिकासका लागि आर्थिक क्षेत्रको स्थापना र चुनौतीका बिषयमा पनि गोष्ठी हुने उनले जानकारी दिए ।

    महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि, माछाको भुराको प्रदर्शनी गरिनेछ । यस्तै माछापालन गर्ने तरिका तथा बजारिकरणको बिषय, अत्याधुनिक माछासहितको पोखरी। माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टल र सचेतनामुलक सामाग्रीलाई पनि बिशेष प्राथमिकता दिइने उनले बताए ।

    कृषिसँगै पर्यटन प्रवर्द्धनलाई पनि जोड दिईने रत्ननगर उवासंघका अध्यक्ष श्रेष्ठको भनाइ थियो । जस अन्तर्गत साराहा, टिकौली होमस्टे, पहाडी पद यात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, टिकौली ताल, चेपाङ ताल, बिसहजारी तालको प्रचार प्रसार गरिनेछ । महोत्सवमा यसपटक पनि फनपार्कलाई निरन्तरता दिइनेछ ।

    महोत्सवमा ग्रेटर रत्ननगरको अवधारणालाई पनि अघि सारिनेछ । पूर्वी चितवनको रत्ननगर, राप्ती र कालिकालाई जोडेर ग्रेटर रत्ननगरलाई पनि महोत्सवमा प्रस्तुत गरिने उनले बताए ।

    महोत्सवमा तीन सय ५० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । यस पटक कोभिड संक्रमणको जोखिम कम गर्न स्ठल संख्या घटाईएको श्रेष्ठले बताए । यस अघिका संस्करणमा पाँच सयसम्म स्टल रहने गरेका थिए । “हामीले यस पटक स्टल संख्या पाँच सयबाट घटाएर तीन सय ५० बनाएका छौं, उनले भने, कोभिड संक्रमण हुन नदिन फराकिलो खाली ठाउँ राख्नका लागि स्टल संख्या घटाएका हौं ।”

    तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्वसमा साधारणतर्फ प्रवेश शुल्क ५० राखिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता बहेकाहरुलाई परिचयपत्रका आधारमा निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ ।

    राष्ट्रिय भलिवल तथा फुड फेस्टिवल

    रत्ननगर महोत्सवमा यस पटक राष्ट्रिय भलिवल प्रतियोगिता पनि आयोजना हुने भएको छ । फेस्टिवल राष्ट्रिय खेलाडी सम्मिलित नौं टोलीले प्रतिस्पर्धा गर्नेछन् । सातै प्रदेशका एक(एक टिम तथा नेपाल आर्मी, शशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन बिभागीय टोलीसहितका नौं टिम प्रतियोगितामा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

    यस्तै महोत्सव अन्तर्गत नै पौष २९ गतेदेखि माघ ३ गतेसम्म चिकेन एण्ड एग फुड फेस्टिवल पनि हुनेछ । रत्ननगरको टाँडी बजारमा हुने फुस फेस्टिवलमा जनजातीहरुको बिशेष खाना तथा मासुका परिकारहरु उपलब्ध हुनेछ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.