• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

कांग्रेस महाधिवेशन: चितवनबाट केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित

  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य अहिलेसम्म कोही हुन सकेका थिएनन् ।

    चौधौँ महाधिवेशनबाट कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठ, तत्कालिन संविधानसभा सदस्य अञ्जनी श्रेष्ठ, नेता दिनेश कोइराला र शान्ति परियार विक निर्वाचित हुनुभएको छ । महाधिवेशनमा जिल्लाबाट १३ जनाले केन्द्रमा उम्मेदवारी दिएका थिए । कांग्रेसको राजनीतिमा पाँच पटकसम्म चितवनको सभापति भएर काम गर्नुभएका गुरुङ आदिवासी जनजाति कोटाबाट केन्द्रीय नेतृत्वमा पुग्न सफल हुनुभएको हो । विसं २०१८ देखि कांग्रेसको राजनीतिमा सक्रिय गुरुङले २०७० सालको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई चितवनबाट जिताउन टिकटसमेत त्यागेर सहयोग गर्नुभएको थियो । य

    स्तै व्यापारिक पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा आउनुभएका श्रेष्ठ हाल प्रधानमन्त्री कार्यालयका बहालवाला राज्यमन्त्री हुनुहुन्छ । केही समय स्वास्थ्य राज्यमन्त्री बन्नुभएका श्रेष्ठ शिक्षा, स्वास्थ्य, जलविद्युत् र पर्यटन व्यवसायसँगै बैंकिङ क्षेत्रका ठूला लगानीकर्ता हुनुहुन्छ । श्रेष्ठ पनि चितवनबाटै प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय जिम्मेवारीमा पुग्न सफल हुनुभएको हो । पार्टीको १३औँ महाधिवेशनमा पनि महासमिति सदस्य हुनुभएका श्रेष्ठ चितवन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । तत्कालिन संविधानसभा सदस्यको जिम्मेवारीसमेत निर्वाह गरी सक्नुभएका श्रेष्ठ अहिले प्रतिनिधि सभा सदस्य रहनुभएको छ ।

    नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएकी नेत्री अञ्जनी श्रेष्ठ पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । आदिवासी जनजाति कोटाबाटै केन्द्रीय समितिमा प्रवेश गर्नुभएकी श्रेष्ठ तत्कालिन संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फबाट संविधानसभा सदस्य बन्नुभएको थियो । कांग्रेस चितवनको जिल्ला कार्यसमितिमा रहेर काम गर्नुभएका उहाँ पद्मकन्या क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनकी सभापतिसमेत भएर काम गर्नुभएको थियो ।

    विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेता दिनेश कोइराला भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार हुनुहुनथ्यो । नेकपा (माओवादी केन्द्र)सँग तालमेल हुने भएपछि उहाँले उम्मेदवारी छोड्नुभएको थियो । स्थानीय तह निर्वाचनमा टिकट फिर्ता लिएपछि उहाँ त्यसपछिको निर्वाचनमा चितवन–३ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नुभयो । कोइरालाले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । उहाँ सन् २००८ मा जेसीजको राष्ट्रिय अध्यक्ष हुनुभएको थियो ।

    यस्तै विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा सक्रिय परियार दलित सङ्घ चितवनकी अध्यक्ष हुनुहुन्छ । दलित समुदायको मुद्दालाई अघि बढाउँदै आउनुभएकी उहाँ पहिलोपटक केन्द्रीय समितिमा पुग्न सफल हुनुभएको छ । निर्वाचित तीन जना संस्थापन समूह र दुई जना संस्थापन इतर समूहबाट निर्वाचित हुनुभएको हो । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ भने झिनो मतान्तरले पराजित हुनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.