• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

हुलाकी राजमार्गले स्थानीयमा ल्याएको परिवर्तन

  •   आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । गौरीगञ्ज-१ का ७३ वर्षीय रामप्रसाद प्रसाईं २०३२ सालमा यहाँ आउँदा जग्गा प्रतिबिघा १०/१२ हजार थियो । वरिपरि जंगल थियो । भारतबाट आउने डाकाका कारण बस्नै मुस्किल थियो । जंगलको बीचमा चिठ्ठी बोकेर हिँड्ने हुलाकी हिँड्ने सानो बाटो थियो । ‘म त सानैमा आसाम गको थिएँ । फर्केर आउँदा बुबाआमा यो ठाउँमा बस्नुभएछ । मलाई त बस्ने मनै थिएन । तर, बुबाआमाका कारण बाध्य भएर बसेँ,’ प्रसाईं भन्छन्, ‘यहाँ त पहिला त बिरक्त लाग्ने ठाउँ थियो । भारतका डाकाले गोठबाटै गोरु चोरेर लैजान्थे ।’ आसाममा गाई पालेर ल्याएको पैसाले चार बिघा जमिन किने । उनको जमिन हुलाकी हिँड्ने बाटोसँगै जोडिएको थियो ।

    पछि हुलाकी हिँड्ने बाटोमा ठूलो सडक बनाउने चर्चा सुरु भयो । हुलाकी राजमार्ग बन्छ भन्ने उनलाई पत्यार थिएन । ‘हामी आएको केही वर्षबाट नै हुलाकी राजमार्ग बन्छ भन्ने चर्चा सुनेका थियौँ । तर, लामो समयसम्म हल्ला मात्र भयो कसरी विश्वास गर्ने ?,’ उनी भन्छन्, ‘पहिला त कहाँ आएर पसेँ जस्तै हुन्थ्यो । हुलाकी राजमार्गभन्दा पहिला जताततै बाटो बन्यो ।’ अहिले उनको घरै अगाडि हुलाकी राजमार्ग छ । कालोपत्रे सडक छ । गत वर्ष हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्जको रतुवा नदीदेखि माई नदीसम्म सडक कालोपत्रे भएको छ । ‘यो ठाउँमा त पिच सडक देख्ने आस नै थिएन । तर, पोहोर साल घरै अगाडि सडक कालोपत्रे भयो,’ उनी भन्छन्, ‘जीवनको उत्तरार्धमा भए पनि कालोपत्रे सडक घरै अगाडि आयो । यो खुसी त कसरी व्यक्त गरौँ ?’

    गाई पालेर दूध बेचेर खाने प्रसाईंको जीवनमा हुलाकी राजमार्गले ठूलो परिवर्तन आएको छ । राजमार्ग सञ्चालनमा आएपछि उनले उत्पादन गरेको दूधले बजार पाउने आस उनको छ । उनको चार बिघा जग्गाको मूल्य आकाशिएको छ । हुलाकी राजमार्ग आएसँगै विगतमा मूल्य नै नभएको यो ठाउँको जग्गा किन्न दैनिक मान्छेहरू आउने गरेको उनी बताउँछन् ।

    ‘मेरो त सबै जग्गाको मुख हुलाकी राजमार्गमा पर्छ । जग्गा करोडौंको भएको छ । अहिले १५-२० लाख कठ्ठाले माग्न आएका छन्,’ उनी भन्छन्, ‘राजमार्ग सञ्चालनमा आएपछि त झन् भाउ कहाँ पुग्छ होला ?’

    हुलाकी राजमार्गअन्तर्गत गौरगञ्ज-२ का होमनाथ निरौलाको नाै कठ्ठा जग्गा छ । विगतमा जग्गा विक्री गर्छुभन्दा पनि नबिकेको जग्गा किन्न अहिले दैनिक ग्राहक आउँछन् । ‘पहिला त आवश्यक परेर बेच्छुभन्दा पनि विक्री हुँदैन थियो । अहिले दिनैपिच्छे मान्छे आउन थालेपछि अचम्मित छु,’ उनी भन्छन्, ‘राजमार्ग संचालनमा आएपछि जीवनस्तर नै होला भन्ने आस छ ।’

    राजमार्ग आउँदा स्थानीय पवित्रादेवी दाहाल खुसी छिन् । तर राजमार्गले जग्गाको मूल्य बढाएर मात्र केही नहुने उनी बताउँछिन् । ‘जग्गा खासै छैन । जग्गाको भाउ बढेर मात्र के हुन्छ र ? हामी जग्गा खासै नभएका मान्छेले के बेच्नू ?,’ उनी भन्छिन्,‘गाउँमा रोजगारी, अस्पताल आए पो हामीले सुख पायौँ भन्न मिल्थ्यो ।’

    हुलाकी राजमार्गले स्थानीयमा खुसी त ल्याएको छ । तर, राजमार्गअन्तर्गत पर्ने नदीहरूमा दशकदेखि पुल निर्माण नहुँदा स्थानीय चिन्तित् छन् । पुलकै कारण आफ्नो जीवनकालमा राजमार्ग नचल्ने हो कि भन्ने चिन्ता पनि छ । ‘सडक त बन्यो । तर, दश वर्षभन्दा धेरै समयदेखि माई, बिरिङलगायतको पुल बनेको छैन । यसले हामीलाई एकदमै चिन्ता थपेको छ,’ रामप्रसाद भन्छन्, ‘हाम्रो जीवनकालमा यी पुल त चल्ला जस्तो लाग्न छाड्यो । सरकारले पनि पुल निर्माणमा ध्यान दिनुपर्‍यो । नभए त सडक मात्र बनेर के गर्नू ? प्रयोग भएन भने के काम ?’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.