• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी सम्पन्न, २० हजार बढी कृषकले गरे अवलोकन

  •   आइतबार, फागुन १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सम्पन्न भएको छ । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा तीन दिनसम्म चलेको प्रदर्शनी आज (आइतबार) सम्पन्न भएको हो । तीन दिनमा २० हजार भन्दा बढी कृषकले प्रदर्शनी अवलोकन गरेको मिडिया स्पेस प्रालिका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । चितवनसहित मकवानपुर, नवलपुर, नवलपरासी, तनहुँ, रुपन्देही, पूर्वको मोरङसम्मका ४० बढी स्थानीय तहका कृषकहरुले प्रदर्शनी अवलोकन गरेको उनले जानकारी दिए ।

    आज अन्तिम दिन प्रदेश १ को कृषि सचिव, बिभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, कृषक समूह महासंघ, कृषक सहकारी संघलगायतले अवलोकन गरेका थिए ।उनीहरुले नेपालमा यस किसिमको अन्तर्राष्ट्रिय स्तरको कृषि प्रदर्शनी आयोजना भएकोमा खुशी व्यक्त गरेको भट्टराईले बताए । प्रदर्शनीमा नेपाली कम्पनीहरुले कृषिका स(साना औजार, बिउ बिजन, डेरी, पोल्ट्री तथा थोपा सिचाईका सामाग्रीहरु प्रदर्शनमा राखेका थिए । यस्तै विदेशी कम्पनीहरुले नेपालमा भित्राएको नयाँ(नयाँ अटोमेटिक मेसिनहरु पनि प्रदर्शनीमा राकिएको थियो । उता विदेशी कम्पनीहरुले विदेशमा प्रयोगमा आएका नयाँ (नयाँ मेसिनहरु प्रदर्शनीमा राखेका थिए ।

    एउटै छाना मुनी देशभरका कृषकहरु सहभागी भएकोले ति कम्पनीहरुलाई आफ्नो उत्पादनको विज्ञापन तथा बजारिकरणमा धेरै फाईदा पुगेको उनले बताए । धेरै कम्पनीहरुले अग्रिम बुकिङ गरेको समेत उनले जानकारी दिए । यस्तै कृषकहरुले पनि एउटै छाना मुनी स(साना औजार देखि ठूला मेसिनहरु बारे जानकारी लिने अवसर पाएको उनको भनाइ छ । यस पटकको प्रदर्शनीमा फुड र वेवरेजको छुट्टै परिसरको व्यवस्था गरिएको थियो । उक्त परिसरमा होटल तथा रेष्टुँरामा प्रयोग हुने नयाँ मेसिनहरु प्रदर्शनमा राखिएको थियो ।

    त्यस्ता मेसिन तथा सामाग्रीहरुको विज्ञापनमा पनि प्रदर्शनी उपयोगी भएको उनले बताए । प्रदर्शक र अवलोकनकर्ता कृषकहरुबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । भट्टराईलेका अनुसार धेरै कम्पैले आगामी संस्करणको प्रदर्शनीमा पनि सहभागी हुने प्रतिवद्धता जनाएका छन् । यस पटकको प्रदर्शनीमा अघिल्ला संस्करण भन्दा धेरै कृषकहरुले अवलोलन गरेको उनले बताए । यसले कोभिड महामारीका कारण थलिएको अर्थतन्त्रलाई चलायन बनाउन पनि मद्त मिल्ने उनको विश्वास छ ।

    प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहेका थिए । प्रर्दशनी कृषिका नविनतम औजार, थोपा सिचाई, बिषादी रहित कृषि उपकरण, केराखेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायतका बिषयमा केन्द्रित रहेको थियो । प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स(साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू(ठूला उपकरणहरु प्रदर्शनमा राखिएको थियो ।

    प्रर्दशनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण र आवश्यक परामर्श लिन लिएका थिए । प्रदर्शनीको पहिलो संस्करण काठमाडौंमा भएको थियो । त्यसयता लगातार तीन संस्करण चितवनमा आयोजना गरिएको हो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.