चितवन । संसदबाट एमसीसी सम्झौता पारित भएको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा गरेको नेपाल बन्दको प्रभाव चितवनमा शून्य बराबर छ । आज सोमबार नै नेपाल बन्द परेकाले पनि बजारमा पसल स्वत बन्द छन् ।
सडकमा नियमितझैं सवारीसाधन चलेका छन् । केही शैक्षिक संस्थाहरु भने त्रासका कारण खुल्न सकेको छैन ।








