• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

तीन कामदारको ज्यान लिएको ठिमुरा पुलमा स्थानीयले गरे क्षमा पूजा

  •   मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । निर्माणका क्रममा भत्किएर तीन जना कामदारको ज्यान लिएको ठिमुरा पुलमा स्थानीयले क्षमा पूजा गरेका छन् । भरतपुरको ठिमुरा र देवघाटको घिनाटार जोड्ने त्रिशुली नदीमा निर्माणाधीन पुलमा महाशिवरात्रीको अवसर पारेर स्थानीयले मंगलबार क्षमा पूजा गरेका हुन् ।

    १२ बैशाख २०७८ मा पुल भत्किँदा पुल निर्माणमा काम गरिरहेका तीन कामदारको मृत्यु भएको थियो । आठ जना घाइते भएका थिए । फलामको ट्रसमा नटबल्ट कस्ने क्रममा पुल भत्किएपछि कामदार नदीमा खसेका थिए । त्यसअघि २४ चैत २०७७ मा पनि पुलको ८० मिटर ढलानको स्ल्याब भत्किएको थियो ।

    पुल निर्माणका क्रममा दुई पटकसम्म भत्किएको र कामदारको मृत्यु समेत भएकाले पुल निर्माणस्थलमा क्षमा पुजा गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले बताए । ‘राम्रो होस्, छिटो काम होस् भनेर महाशिवरात्रीको अवसर पारेर पुल निर्माणस्थल त्रिशुली नदीको किनारमा क्षमा पुजा, गंगा पुजा, रुद्री र हवन गरेका हौँ’, उनले भने ।

    पुल निर्माणको काम तीव्र बनाएर छिटो सक्न पनि पुल निर्माण उपभोक्ता समितिले माग गर्दै आएको छ । पहिलो पटक पुल भत्किँदा पुलेको ढलानको स्ल्याब भुईमा खसेको थियो भने दोस्रो पटक भत्किँदा पुलको एक खण्डमा राखिएको फलामको ट्रस नदीमा खसेको थियो ।

    ठेकेदारको लापरबाहीले नै पुल भत्किएको छानविन समितिले प्रतिवेदन दिएको थियो । त्यसअनुसार पुल भत्किँदा भएको क्षति ठेकेदारले नै व्यहोर्ने गरी पुलको पुनः निर्माणको काम थालिएको हो । चार वटा स्पान रहेको २२० मिटर लामो पुलको अहिले पुनः ढलानको काम गर्न लागिएको छ भने ट्रस पनि उठाइँदै छ ।

    ठेकेदारले फटाफट काम गरे अबको छ देखि सात महिनासम्मका पुलको काम सकिने सडक डिभिजन भरतपुरका प्रमुख बाबुराम सापकोटा बताउँछन् ।

    ‘पुल भत्किसकेपछि सरकारले नै चैतसम्मको म्याद दिएको हो । तर चैतसम्ममा सकिने त कुरै छैन’, सापकोटाले भने, ‘म्याद थप्नै पर्ने हुन्छ । ठेकेदारले सरासर काम ग¥यो भने छ देखि सात महिनासम्ममा चाँहि सक्छ ।’

    समयमै काम सक्न सडक डिभिजनले ठेकेदारलाई ताकेता गरिरहेको उनले बताए । तीन वटा निर्माण कम्पनी ईलाइट–एडभेन्चर–इन्द्रेणी जेभीले संयुक्त रुपमा २० कात्तिक २०७१ मा पुल निर्माणको जिम्मा पाएका हुन् ।

    सुरुमा १९ करोड १० लाख ६६ हजार रुपैयाँ लागतमा सम्झौता भएको पुलको पछि डिजाइन ‘रिभ्यु’ गरेर २१ करोड ६८ लाख ८४ रुपैयाँ पु¥याइएको थियो । चार पटकसम्म म्याद थप भएको पुलको भौतिक प्रगति ६५ प्रतिशत हुँदा पहिलो पटक भत्किएको थियो । कुलप्रसाद काफ्ले/न्युज कारखाना

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.