• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितवन कांग्रेस सभापतिका लागि ५ जना चुनावी मैदानमा, कुन उम्मेदवारलाई कसको समर्थन ?

  •   बिहिबार, फागुन १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पटक-पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन बिहीबार र शुक्रवार हुने भएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन अगाडि नै गरिसक्नु पर्ने जिल्ला अधिवेशन अब भने निश्चित भएको कांग्रेस चितवनका एक नेताले जानकारी दिए । नारायणगढको नारायणी कला मन्दिरमा हुने अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

    अधिवशेनले जिल्लाका तीन निर्वाचन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन गर्नेछ ।क्षेत्र न. ३ बाट भने महासमिति सदस्य चयन भैसकेका छन् । कांग्रेस जिल्ला सभापतिका लागि ५ जनाले आकांक्षा राखेका छन् । सभापतिका लागि उत्तम जोशी, सूर्यकान्त घिमिरे, कैलाश कोइराला, राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिदैछन् । जोशी कांग्रेस चितवनका सचिव हुन् । घिमिरे नेविसंघका पूर्वजिल्ला सभापति, कोइराला जिल्ला उपसभापति हुन् ।

    खनाल महासमिति सदस्य हुन् भने श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवम् प्रदेशमन्त्री हुन् ।यी मध्ये बलिया दाबेदार खनाल मानिन्छन । आंकाक्षीहरुको संख्या घटाउनका लागि नेताहरूले छलफल तीव्र पारेका छन् । कांग्रेसका केन्द्रीय नेतासमेत चितवन आएर आ-आफ्ना पक्षलाई जिताउन लविङ थालेका छन् । कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य भएको जिल्लाका रुपमा चितवनलाई लिने गरिन्छ । सोही कारण केन्द्रीय नेताहरूले यसलाई विशेष महत्त्व दिने गरेका छन् ।

    चितवनमा तुलनात्मक रुपमा कमजोर मानिएको देउवा पक्षबाट सभापतिको एक मात्रै उम्मेदवार मिलनबाबु श्रेष्ठ हुन् । बाँकी सबै पौडेल–कोइराला पक्षका हुन् । रामचन्द्र पौडेलका उम्मेदवार सूर्यकान्त घिमिरे हुन् भने, उत्तम जोशीले आफू शशांक कोइराला पक्षको आधिकारिक उम्मेदवार भएको बताउँदै आएका छन् । कैलाश र राजेश्वर खनालले पनि आफूलाई कोइराला पक्षको भन्छन् । केन्द्रबाट शेखर गगन समुहको आधिकारिक उम्मेदवार राजेश्वर खनाललाई बनाइएको छ जिल्लामा अधिकांश पूर्वसभापतिहरूको समूह राजेश्वर खनालकै पक्षमा रहेकाले खनालको जित सुनिश्चित देखिन्छ । सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ ।

    पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्नुपर्ने हुन्छ । दुई हजार ९०६ मतदाता छन् । शुक्रबार मनोनयनको कार्यक्रम सम्पन्न गरी शनिबार मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.