सांकेतिक तस्विर
चितवन । चितवनमा जबरजस्तीकरणीको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पूर्वी चितवनको कालिका नगरपालिका १ का ५२ वर्षीय पुरुष करणीको अभियोगमा बुधवार पक्राउ परेका हुन् ।
१४ वर्षीया नाबालिग छोरीलाई करणी गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








