चितवन । परिवार नै कम्यूनिष्ट विचारधाराका छन् । घरका सबै सदस्य कम्यूनिष्ट हुँदा उनी काँग्रेसमा लागे । काँग्रेस भएककै कारण उनले परिवारमा असहज परिस्थितीको सामना गर्न प¥यो । परिवार भित्र विद्रोह गरेर काँग्रेसको संगठन विस्तारमा होमिए नेता मोहिनी प्रसाद खनाल उनी अहिले नेपाली काग्रेस चितवनको जिल्ला सदस्य पदका उमेदवार हुन् ।
उनले खुल्ला तर्फबाट जिल्ला सदस्यमा उमेदावरी दिएका छन् । कार्यकर्ता माझ लोकप्रिय खनाल पार्टीको संगठन विस्तारमा डटेर लाग्ने बताएका छन् । उनले अधिवेशनको नतिजा जे आएपनि कुनै दिनमा आफु नसेलाउने बताए । जिल्लाका प्रतिनिधिहरुलाई सहयोगका लागी अनरोध गरेका छन् । विपीको आदर्श र सिद्धान्तको जगमा अडिएको काँग्रेसमा विपीसंगै मिल्ने घटना बेहोरेका थिए । खनाल पनि घाँटीको क्यान्सरबाट लामो समय संघर्ष गरेर क्यान्सरलाई पराजित गरेर पार्टीको राजनितिमा सक्रिय रहदै आएका छन् ।
क्यान्सरलाई जितेका खनाल अब काँग्रेसलाई जिताउन चाहन्छन् । उनका घरमा बसै माहोवादी हुन् । घरमा सबैलाई अटेर गरेर चार झण्डा फहराउदै हिडेका थिए । विवाह गरेपनि आफ्नो परिवारलाई काँग्रेस बनाएका छन् । उनी संगठन विस्तारमा दक्षता छ । सबैलाई समान ब्यवहार गर्ने मिजासिला स्वभावका खनाल कार्यकर्ता माझ पनि उत्तिकै लोकप्रिय छन् ।
हरेक समय पार्टीको गतिविधिमा सहभागी हुन्छन् । खनालको उमेदवारीले काँग्रेस चितवनमा चर्चा बटुलेको छ । विपीको आदर्शको पात्रको रुपमा चिनिएका छन् । २०४९ सालमा कम्यूनिष्टको कुटाइबाट सख्त घाइते भएका थिए । २०४६ र २०६२ ÷६३ को जनआन्दोलनको घाइते हुन् । काँग्रेसलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गर्ने उनले बताए ।
संगठनलाइृ मजबुत बनाउदै गुठगत राजनीतिको अन्त्यका लागी आफुले जिल्ला सदस्यमा उम्मेदवारी दिएको बताए । सबैलाई मसेटेर अघि बढ्ने उनको प्रतिबद्धता छ । पार्टीमा कार्यकर्ताको आकर्षण बढाउन पनि उनले योजना बनाउका छन् । राजनितिलाई सेवामुखी बनाउन कार्यकर्तालाई आर्थिक रुपमा सक्षम बनाउने उनको योजना हो ।








