• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

रत्ननगरमा वाटर किङडम शिलान्यास: स्थानीयबासी खुसी,मेयरलाई अभिनन्दन

  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको रत्ननगर ५ झुवानीमा सोमबार वाटर किङडम शिलान्यास गरिएको छ । पर्यटन विकासको आधार वाटर किङडम झुवानीमा ल्याएको भन्दै स्थानीयबासी खुसी भएर मेयर नारायण वनलाई अभिनन्दन गरेका छन् । झुवानीको आर्थिक विकास र परिचित गराउने गरी वाटर किङडम निर्माण गर्न लागेको भन्दै स्थानीयबासीहरु गाउँमै मेयरलाई स्वागत तथा अभिनन्दन गरेका हुन ।

    रत्ननगर ५ झुवानीमा ३० करोडको लगानीमा वाटर किङडम निर्माण सुरु गरिएको हो । सोमबार मेयर नारायण वनले एक भब्य समारोहका बीच शिलान्यास गरेसंगै निर्माणको काम सुरु भएको छ । झुवानी माविले संरक्षण गर्दै आएको तीन विगहा क्षेत्रफलमा सार्वजनिक निजी साझेदारीमा वाटर किङडम निर्माण सुरु गरिएको मेयर वनले बताए । पहिलो चरणमा ९ करोड ७९ लाखमा ठेक्का सम्झौता भइ काम सुरु भएको छ । नेपाल सरकारको ४ करोड ५५ लाख र नगरपालिकाको ५ करोड २४ लाखको लगानी रहेको छ

    । सरकारी लगानी बाहेक वाटर किङडम निर्माण,सञ्चालन र व्यवस्थापन गर्ने गरी शेयर लगानी खुल्ला गरिएको मेयर वनले बताए । वाटर किङडमप्रति स्थानीयबासीको अपनत्व बढाउन एक घर एक शेयरको अबधारण ल्याइएको छ । पहिलो वडाबासी,दोस्रो नगरबासी र त्यसपछि मात्र बाहिरका मान्छेका लागि शेयर खुल्ला गरिने छ । वाटर किङडम निर्माणको लागि झुवानी माविसंग २५ बर्षको लागि जग्गा भाडामा लिइएको छ । प्रतिकठ्ठ प्रतिबर्ष ६ हजार भाडा निर्धारण गरी नगरपालिका र विद्यालय बीच सम्झौता गरिएको छ ।

    वाटर किङडममा तीनवटा कृत्रिम पोखरी, स्वीमिङ पुल, ६० देखि ६५ मिटरको ६ वटा चिप्लेटी, पानी डान्स (हलभित्र कृत्रिम हिउँ पार्ने), गर्मी छल्न हलभित्र कृत्रिम हिउँ, रोटे पीङलगायतका आकर्षक पूर्वाधार निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए । वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरी यहाँ आउने अधिकांश पर्यटकलाई यसको अवलोकन गराउने योजना रहेको छ । वडा नं ५ का वडाध्यक्ष कृष्ण महतोले वाटर किङडम हाम्रो हो भन्ने आत्मविश्वास बढाउन एक घर एक शेयरको अबधारण अघि सारिएको बताए ।

    पैसा हुनेले सजिलै शेयर हाल्नु हुन्छ उनले भने नहुनेलाई हामी काम दिन्छौं त्यहीबाट आएको पैसा शेयर हाल्न लगाउछौं । पर्यटक आर्कषणको केन्द्रको रुपमा लिइएको वाटर किङडम बन्ने भएपछि स्थानीयबासीहरु खुसी भएका छौं । ६० बर्षपछि झुवानीमा खुसी फर्किएको छ स्थानीय रामचन्द्र चौधरीले भने झुवानी ६० बर्ष पहिले जिल्लाको सदरमुकाम थियो,अब वाटर किङडमले झुवानीलाई चिनाउने छ ।

    कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ,वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल,एमालेका नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल,नेपाली काँग्रेसका नगर सभापति प्रल्हाद सापकोटा,माओवादी केन्द्रका श्याम प्रसाद बराल,एकीकृत समाजबादी नगर कमिटी अध्यक्ष बद्रिनाथ घिमिरे,क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई,झुवानी माविका पूर्व अध्यक्ष जोगेन्द्र महतो लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव शंकरबहादुर गिरीले सञ्चालन गरेका थिए ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.