• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

वस्तिबीचका क्रसर उद्योग हटाउँदै हलेदावासी

  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । वस्तिको बिचमा रहेको क्रसर उद्योग हटाउन तनहुँका स्थानीय जुटेका छन् । जिल्लाको शुक्लगण्डकी नगरपालिका-२ हलेदावासी वस्तिको बिचमा रहेका क्रसर उद्योगलाई हटाउन जुटेका हुन् ।

    हलेदीको वस्तिमा दुई क्रसर उद्योग सञ्चालनमा छन् । तत्कालीन दुलेगौँडा गाविससँग १० वर्षे सम्झौता गरेर क्वालिटी क्रसर एण्ड एग्रिगेट प्रालिले सार्वजनिक जग्गामा उद्योग सञ्चालन गरिरहेको छ । सार्वजनिक जग्गा प्रयोग गर्न पाउने क्वालिटीको म्याद गत पुसमा सकिएको छ ।

    म्याद सकिएसँगै क्वालिटीसँगै वस्तिमा जोडिएको महालक्ष्मी एग्रिगेट प्रालिलाई पनि हटाउन हलेदावासी एकमत भएका छन् । यद्यपि महालक्ष्मीले भने व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा उद्योग सञ्चालन गरेको छ । उद्योगले स्थानीयको स्वास्थ्यमा असर पुर्‍याइरहेकाले हटाउनुपर्ने माग छ ।

    अबको दुई महिनाभित्र क्वालिटी र महालक्ष्मीलाई हलेदीबाट स्थानतरण हुनलाई समय दिएको शिलादेवी टोल विकास संस्थाका अध्यक्ष हरिलाल रिमालले बताए । २९ फागुनपछि बाहिरबाट कम्पनीमा ढुंगा, गिट्टी, वालुवा भित्र्याउन नदिने निर्णय गरेको उनले बताए । ‘क्रसर उद्योगले मौज्दात गरेको ढुंगा, गिट्टी, बालुवाको थुप्रो हटाउन दुई महिने समय दिएका छौं’, उनले भने ।  क्रसरलाई स्थानतरण गर्न दिएको समय अवधिमा अटेरी गरेर नहटाए आन्दोलनमा उत्रने उनको चेतावनी छ ।

    वस्तिमा रहेको क्रसर उद्योगलाई हटाउन स्थानीय सरकार र प्रशासनलाई पटक-पटक अनुरोध गरे पनि कानमा तेल हालेर बसेको उनले आरोप लगाए । ‘दोस्रो दर्जाको नागरिकको आभास हुन्छ । स्वच्छ हावापानीमा बाँच्न पाउने अधिकार कुण्ठित गरिएको छ । धुलो-धुवाँबाट आजित भएका छौं । अब सार्वजनिक जग्गामा रहेको क्रसरलाई हटाएर मानव वस्ती बसाल्न योग्य क्षेत्र बनाउनु पर्नेछ’, उनको भनाई छ । एकतिर राजमार्गको धुवाँ-धुलो त अर्कोतर्फ क्रसर उद्योगको प्रदुषणले हलेदी क्षेत्र बस्न योग्य नभएकाले क्रसरलाई हटाउनु आवश्यक रहेको उनले बताए ।

    क्रसरका कारण हलेदी क्षेत्रमा दैनिक प्रदूषण बढिरहेको उदयराज गुरुङ बताउँछन् । क्रसरबाट निस्कने धुलो, धुवाँसँगै ध्वनि प्रदुषणले दैनिकी कष्टकर बनेको उनको भनाई छ । ‘प्रदुषणले हाम्रो स्वास्थ्य र वातावरण बिगारेको छ । सम्झौता अवधि सकिएपछि उद्योग हटाउनलाई  अनुरोध गर्‍यौँ सुनवाइ भएँ । म्याद सकिएपछि उद्योग यहाँबाट हटाउनुपर्ने हाम्रो माग हो’, उनले भने ।  क्रसरको प्रदुषणले बस्तुभाउले घाँसपातसमेत खाने अवस्थामा नरहेको गुरुङले बताए ।

    क्वालिटी क्रसर १५ वर्षदेखी हलेदीमा सञ्चालित छ । २०६३ सालमा सञ्चालमा आएको क्रसर उद्योगले पाँच वर्षपछि २०६८ सालमा १० वर्षका लागि तत्कालिन दुलेगौँडा गाविससँग ३० रोपनी सार्वजनिक जग्गा भाडामा लिएर सञ्चालन गर्दै आइरहेको छ ।  सम्झौतामा प्रति रोपनी जग्गाको भाडा दुई हजार ४२० रुपैयाँ तोकिएको थियो । उक्त रकम  प्रत्येक दुई वर्षमा १० प्रतिशत बढ्ने उल्लेख थियो । सार्वजनिक जग्गा प्रयोग गरे बापत क्वालिटीले तिर्ने भाडाको २० प्रतिशत दुलेगौँडा गाविसको आम्दानी हुने र ८० प्रतिशत यहाँको शिलादेवी प्राथमिक विद्यालयको भौतिक र शैक्षिक विकासमा खर्चिने भनेर क्रसर उद्योग, विद्यालय र तत्कालीन गाविसले गरेको सम्झौतामा उल्लेख छ ।

    तर, सम्झौतामा उल्लेख सर्तहरू कार्यान्वयन नभएको शिलादेवी प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टिकाराम रिमालले बताए । ‘पहिला विद्यालयले ताकेता गर्दा पनि उद्योगले रकम तिरेन् । त्यसपछि नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरपालिकाले भाडा लिने भन्यो । नगरपालिकालाई पनि जग्गा भाडा दिएको पाईदैन्’, उनले भने । जग्गा भाडा पनि नतिर्ने र वस्तिलाई प्रत्यक्ष असर भएकाले हलेदीबाट हटाउन खोजेको उनले उल्लेख गरे ।

    पृथ्वी राजमार्ग र सेती नदीको बिचमा सञ्चालित यहाँका क्रसर उद्योग मापदण्ड विपरित छन् । हलेदी क्रसर उद्योग हटाउन बाहिरबाट ढुंगा गिट्टी बालुवा ल्याए नल्याएको अनुगमन गर्न स्थानीयले अनुगमन समिति नै बनाएका छन् । रवीन्द्र रिमालको संयोजकत्वमा १२ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । २९ फागुनपछि क्रसर उद्योगमा बाहिरबाट कच्चा पदार्थ ल्याउन नदिनका लागि समितिले अनुगमन गर्नेछ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.