• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

चितवनका थारु महिलालाई कानुनी शिक्षा

  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका थारु समुदायका महिलाहरुलाई कानुनी शिक्षा दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । थारु आयोगको आयोजनामा भरतपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले समुद्घाटन गरे ।

    सो क्रममा बोल्दै उनले थारु महिलाहरुलाई कानुनी चेतना दिने उद्देश्यले कार्यक्रम गरिएको बताए । उनले यस कार्यक्रमले विद्यमान कुरिती र अन्धविश्वासलाई अन्त गर्न सघाउने पु¥याउनेमा विश्वास व्यक्त गरे । थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले यस कार्यक्रमले महिलाहरुले आफ्नो हकअधिकार बारे जानकारी पाउनुका साथै कानुनी शिक्षा समेत प्राप्त गर्ने भएकाले कानुनी लडाई लड्नका लागि प्रेरणा मिल्नेमा विश्वास व्यक्त गरे ।

    दुईदिनसम्म चल्ने कार्यक्रममा महिलाको हकअधिकार, हिंसापीडित महिलाहरुको कानुनी उपचार र पुर्नस्थापना सम्बन्धी कानुनी र व्यवहारगत ज्ञान प्रदान गरिने छ । उद्घाटन सत्र थारु आयोगका देवराज भट्टराईले संचालन गरेका थिए । कार्यक्रमको पहिलो दिन अधिवक्ता नन्दलाल महतोले विवाह, दाईज, सम्बन्ध विच्छेद र सम्पत्ति सम्बन्धी अधिकारको बारेमा प्रशिक्षण दिएका थिए । उनले सहभागिहरुले राखेको जिज्ञाशालाई उदाहरण दिँदै प्रष्ट पारेका थिए ।

    यस्तै भरतपुर महानगरपालिकाकी महिला विकास अधिकृत शान्ता कुमारी पौडेलले महिला हकअधिकार सशक्तीकरण र महानगरको महिला लक्षित कार्यक्रम तथा बजेट सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् । पहिलो दिनको कार्यक्रममा अधिवक्ता एवं मानव अधिकार संरक्षण मञ्च चितवनकी अध्यक्ष कल्पना उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रम अन्तरगत भोलि (बिहीबार) भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले ओसीएमसीमा हिंसापीडित महिलाको व्यवस्थापन, माडी नगरपालिकाकी उपप्रमुख ताराकाजी कुमारी महतोले न्यायिक समितिको कार्यक्षेत्र र न्यायमा महिलाको पहुँच, जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी परामर्शको विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको छ ।

     

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.