चितवन । नेपाली कांग्रेस चितवनको नव निर्वाचित कार्यसमितिको पदस्थापन शुक्रबार हुने भएको छ । भोलि भरतपुर १० हाकिमचोकस्थित चितवन मिडटाउन रिसोर्टमा एक कार्यक्रमकाबीच नयाँ कार्यसमितिको पदस्थापन हुनेछ ।
नयाँ कार्यसमितिलाई पदस्थापन गराउनका निम्ति कांग्रेसका महामन्त्री गगनकुमार थापा आउने कार्यक्रम रहेको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । कार्यक्रम दिउँसो साढे १ बजे सुरु हुनेछ ।
कांग्रेस चितवनको फागुन १९ र २० गते सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । जिल्ला सभापतिमा राजेश्वर खनाल सर्वसम्मत भएका छन् । सभापतिसहित पदाधिकारीमा सात, सदस्यहरु ४२ जना तथा ३३ जना महासमिति सदस्यहरु निर्वाचित भएका छन् ।








