चितवन । भरतपुर महानगरपालिका २१ का सुजन रेग्मीलाई नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघकाे केन्द्रीय सदस्यमा मनाेनित गरिएकाे छ।
नेपाली कांग्रेसको छातामुनि रहेर सांस्कृतिक गतिविधिका माध्यमबाट नेपाली कांग्रेसको उत्थान, प्रवर्द्धन र संगठनको समग्र सुदृढीकरणका लागि रेग्मीलाई केन्द्रीय सदस्यमा मनाेनित गरिएकाे हाे । रेग्मीलाई संघको विधानमा अवस्थित परिच्छेद-७ दफा २० (च) बमोजिम संघको केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको केन्द्रीय सभापति तीर्थ बहादुर थापाले जानकारी दिए ।
नेपाल सांस्कृतिक संघको नीति, उद्देश्य, कार्यक्रम र अनुशासनमा रहेर थप सक्रिय भई भूमिका र योगदान दिन आग्रह सहित सफलताको शुभकामना समेत प्रदान गरिएकाे छ।








