चितवन । चितवनमा डेङ्गुका ५६ जना बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा तीन हजार ४७ जनामा डेङ्गु परीक्षण गरिएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको हो । चालु आवमा नै दुई सय ३७ जना स्क्रबटाइफस संक्रमित फेला परेको स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ । स्वास्थ्य कार्यालयका अनुसार चालु आवमा दुई हजार सात सय १० जनामा स्क्रबटाइफस परीक्षण गरिएको थियो ।
गत आर्थिक वर्षमा एक हजार ९८६ जनामा डेङ्गु परीक्षण गरिएकोमा दुई सय ४७ जनामा संक्रमण पुष्टि भएको थियो । सोही वर्षमा दुई हजार २९० जनमा स्क्रबटाइफस परीक्षण गरिएको थियो ।
जस मध्ये तीन सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । सोही वर्ष स्क्रबटाइफसबाट एक जनाको ज्यान समेत गएको थियो । डेङ्गु ज्वोरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रबटाइफस भने मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट सर्छ ।








